२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास गुफामा सनातन धर्म संस्कृति अन्तर्राष्ट्रिय महासम्मेलन



अ+ अ-

काठमाडौं । महर्षि वेदव्यास जन्मभूमि तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा सनातन धर्म संस्कृति अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गरिने भएको छ ।

विश्व हिन्दू महासङ्घको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म हुने महासम्मेलनको तयारी तीव्र पारिएको छ । महासम्मेलनमा आउन हालसम्म २५ देशका प्रतिनिधिले नाम पठाएको महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

महासम्मेलनमा भारतका २२ प्रान्त तथा काशीलगायत क्षेत्रबाट पनि उल्लेख्य रुपमा प्रतिनिधि सहभागी हुने जनाइएको छ । अमेरिका, बेलायत, जर्मन, अष्ट्रेलिया, थाइल्यान्ड, बर्मा, जापान, दक्षिण कोरिया, भारतलगायत देशका प्रतिनिधि आउने निश्चित भएको उहाँले सुनाउनुभयो ।

आगामी चैत १ गते सांस्कृतिक झाँकीसहित शोभा यात्रा र उद्घाटन कार्यक्रम गरिनेछ । चैत २ देखि ४ गतेसम्मको महासम्मेलनका सत्रमा अन्तरधार्मिक सम्बन्ध, छुवाछूत जस्ता कुप्रथालगायत समसामयिक विषयमा कार्यपत्र प्रस्तुत गरी विज्ञबाट मन्तव्यसहित टिप्पणी गराई दमौली घोषणापत्र जारी गरिनेछ ।

अन्तर्राष्ट्रिय महासम्मेलनपछि व्यास जन्मभूमिको गरिमा थप बढ्ने विश्वास गरिएको महासङ्घले जनाएको छ । दमौलीमा महर्षि वेदव्यास विश्वविद्यालय स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले समेत व्यास गुफामा महासम्मेलन गर्न लागिएको महासङ्घका उपाध्यक्ष भरतराज पौडेलले बताउनुभयो । महासम्मेलनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलगायत विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको महासङ्घले जनाएको छ ।