१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारमा जोड : मुख्यमन्त्री पोखरेल

पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारमा जोड : मुख्यमन्त्री पोखरेल
अ अ+ अ-

राँझा । प्रदेश नंं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थल सहितको वनस्पति उद्यानको सोमबार शिलान्यास गर्दै उहाँले भन्नुभयो, “बोटबिरुवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुपर्दछ ।”

मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको उल्लेख गर्दै प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । “स्थानीयवासीको प्रत्यक्ष सहभागिता भएमात्र वनस्पति उद्यानको योजनाले पूर्णता पाउनेछ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ । राज निर्माण सेवा नेपालगञ्जसँग रु एक करोड ६ लाख आठ हजार २९१ मा २०७६ पुस २४ गते सम्झौता भई २०७७ साल असार २५ गतेसम्म निर्माणसम्पन्न हुनेगरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताउनुभयो ।

बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले मानसरोवरको प्रतीकसहितको वनस्पति उद्यानका बनाउनका लागि बैजनाथलाई छनोट गरेकामा प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै यो योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।