५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

पर्यटनलाई उद्योग भनेका छौँ तर सुविधा दिएका छैनौँः पर्यटनमन्त्री सिन्हा

पर्यटनलाई उद्योग भनेका छौँ तर सुविधा दिएका छैनौँः पर्यटनमन्त्री सिन्हा
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ ।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानुनले नदिएको उल्लेख गर्नुभयो । यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरुले होटलहरु खचाखच भरिएको बताउनु भयो । आन्तिरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उहाँको उहाँको भनाई छ । पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिन आग्रह गरेको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजोआज ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटनकहरुले होटलहरु खचाखच भरिएको अवस्था छ । अहिले आन्तिरिक पर्यटनलाई अलिकति सुविधाजनक बनाइदिने हो भने जस्तो कर्पोरेट सोसल रेस्पोन्सिलिटी अन्तर्गत पारेर आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिने हो भने त्यसले हामीलाई धेरै हदसम्म सहयोग पनि हुन्थ्यो भनेर पर्यटक व्यवसायीहरुले आफ्नो कुरा राख्नुभएको छ । अहिले हामी पर्यटन उद्योग भनेर भनेका छौँ तर उद्योगको रुपमा पाउनुपर्ने औधोगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई दिएको देखिएको छैन । यो हामीसंग भएको कानूनले ।’ 

उहाँले पर्यटन क्षेत्रका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत विधेयक ल्याउने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिनुभयो ।