काठमाडौंः नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको निगमले जनाएकाे छ ।
नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।
निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपजिी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।