९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका त्रिशला गुरुङ उज्यालो नेपाल पार्टीबाट समानुपातिक उम्मेदवारमा सिफारिस



अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चर्चित गायिका तथा चिकित्सक त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

पार्टीका अनुसार स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षतालाई आधार मानेर गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारिएको हो।

हालको स्वास्थ्य प्रणालीमा असमान पहुँच, बढ्दो उपचार खर्च, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव तथा स्वास्थ्य बजेटको प्रभावहीन कार्यान्वयन जस्ता समस्या विद्यमान रहेको पार्टीको ठहर छ।

गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्यामाथि व्यवहारिक र प्रमाणमा आधारित बहस अघि बढाउन सहयोग गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

साथै, एक स्थापित गायिकाका रूपमा गुरुङले कला र संस्कृतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै आएकी छन्। स्वास्थ्य र सांस्कृतिक चेतनालाई जोड्ने उनको बहुआयामिक पहिचानले संसदमा फरक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने उज्यालो नेपाल पार्टीले विश्वास लिएको छ।