१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

विद्युतमा चार अर्बको अर्को काण्ड

विद्युतमा चार अर्बको अर्को काण्ड
अ अ+ अ-

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि भूमिगत केबल बिछ्याउने काम शुरु गरेको छ । यो निश्चय नै स्वागतयोग्य काम हो, र यो कामको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । विद्युतका खम्बाहरुमा बिजुलीका तारहरु मात्र छ्रैनन् । मुलुकभर १२० वटा इन्टरनेट र केबुल टिभी सेवा प्रदायकहरुले तिनै विद्युतका खम्बाहरु प्रयोग गरिरहेका छन् । सोही विषयमा २०७५ साल भदौबाट प्राधिकरण र अप्टिकल फाइबर सेवा प्रदायकहरुबीच आर्थिक किचलो चलिरहेको छ ।

फाइल तस्वीर

प्राधिकरणलाई खम्बा प्रयोगकर्ता केबल संचालकले तिर्दै आएको रकमलाई बिसौं गुणा रकम बढाएर २०७५ साल असार २६ मा २०७३ वैशाख १६ गतेको कार्यविधि र विनियमावली संशोधन गरियो । नयाँ शुल्क २०७५ भदौ महिनादेखि लागू हुने कुरा संचालक समितिबाट स्वीकृत भएको हो । अहिले स्थिति भद्रगोल बनेको छ । नेपाल टेलिकमले पुरानै दररेटको रकम तिर्दै आएको छ भने एनसेलले नयाँ दररेटमा संझौता गरेर रकम तिरिरहेको छ । थोरै ५,७ किलोमिटरको दूरीमा खम्बा प्रयोग गर्ने एकाध केबुल संचालकले प्राधिकरणसँग कागजी सम्पर्क गरेका छन् । केहीले थोरै किलोमिटरको सम्झौतामा धेरै किमी केबुल बिस्तार गरी खुशीसाथ आम्दानी गरेका छन् । बाँकी अधिकांशले खम्बा प्रयोग गर्न निवेदन दिएका छैनन् र संझौता गर्ने कुरा झनै भएन ।

२०७५ साउनदेखि नेपालभर बिजुलीका खम्बा प्रयोग गरेर व्यापार गर्नेले नबुझाएको रकम ४ अर्ब नाघिसकेको छ । नेविप्रा क्षेत्रीय निर्देशनालय सूत्रका अनुसार गोरखापत्रमा सेवाप्रदायकलाई खम्बा प्रयोग गर्न विधिवत सम्पर्कका लागि सूचना जारी गरिएको भए पनि कोही पनि आएका छैनन् । संचालक समितिको निर्णय कानुन सरह हो । यस कार्यालयले प्रत्येक महिना जस्तो खम्बा प्रयोग गरे बापत संझौता गर्न र रकम बुझाउन पत्राचार गरिरहेको छ । रकम नतिरेमा तार हटाउनु पर्दछ, सो समेत गर्न सकिएको छैन । यसमा ग्राहक तथा वितरण सेवा निर्देशनालय र नेविप्रा व्यवस्थापनको स्पष्ट आदेशको आवश्यकता पर्दछ, जुन प्राप्त छैन । यसरी २०७५ को संशोधित कार्यविधि र विनियमावलीलाई नै धोती लगाइ दिएको अवस्था छ ।

विद्युत प्राधिकरण व्यवस्थापनको अति आत्मविश्वास, लाचारी वा अतिचासो कारण जे भएपनि ४ अर्ब रुपैयाँ नेविप्राले उठाउनु पर्ने देखिन्छ जुन आम सर्वसाधारणले तिरेको रकम हो, राजश्व हो । यसमा खेलवाड किन ? अब भने नियतको प्रश्न पनि उठ्ने अवस्था छ । डेडिकेटेड र टंक लाइनको रकम समयमै ध्यान नदिँदा २०७५ चैत मसान्तसम्मकै ९ अर्ब ९ करोड उठ्न सकेको छैन । व्यवस्थापनले आफ्नो कार्यक्षेत्र, कानुनी अधिकार भन्दा बाहिर पु–याएर उक्त प्रकरणबाट छुटकारा लिन खोजेको प्रष्ट छ । यो सँगै अप्टिकल फाइबर प्रयोग तथा सोको भाडा निर्धारण एवं पुनरवलोकन समितिमा यो पछिल्लो काण्डलाई उभ्याइएको छ ।

संचार मन्त्रालयका सहसचिव राधिका अर्याल संयोजक रहेको समितिमा दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, उर्जा मन्त्रालयका सहसचिव तोयानाथ अधिकारी, नेपाल टेलिकमका मुख्य प्रवन्धक डिल्लीराम अधिकारी र विद्युतका हरराज न्यौपाने सदस्य रहेका छन् । यो समितिले २०७६ पुस ७ गते प्रतिवेदन तयार गरेर हस्ताक्षर नगरी ठाउँठाउँमा बाँडेको छ । यस्तो समिति र प्रतिवेदनले के नतिजा देला ? के निष्कर्ष निकाल्ला ?