१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चीनबाट फर्किएका सबै सकुशल

चीनबाट फर्किएका सबै सकुशल
अ अ+ अ-

काठमाडौं । ‘म डा. रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तर्पाहरू डराउनु पर्दैन। कृपया सहयोग गर्नुहोला।’ भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको कन्ट्रोल रुमबाट डा। शाहले अनुरोध गरे। खाना खाने तयारी भइरहेका बेला सुनिएको आवाजले क्वारेन्टाइनमा बसेका सतर्क भए। शाहलगायत सबै स्वास्थ्यकर्मीले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पहिरिएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. शाह नेतृत्वको खटिएको टोलीले सबैको घाँटी र नाकको स्वाव संकलन गर्यो।

एक सय ७५ जनाको थ्रोट स्वाव संकलन गर्न चार घण्टा लागेको डा. शाहले बताए। ‘खाना खाएर थ्रोट स्वाव संकलन गर्दा वाकवाकी लाग्ने सक्ने जानकारी गरायौं। सबैले थ्रोट स्वाव संकलनपछि मात्र खाना खानुभयो,’ डा.शाहले भने। स्वाव संकलनपछि स्वास्थ्यकर्मीले इथानोलयुक्त ‘स्प्रे’ शरीरमा छर्के। पोसाक फेरेर भक्तपुर गएका स्वास्थ्यकर्मी साँझ काठमाडौं फर्किंदा खुसी देखिन्थे। डा। शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो। सबै काम सकेर फर्कंदा खुसी लाग्यो।’

र्‍याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, स्मृति श्रेष्ठ, विमलेश अधिकारी, सुनी डंगोल, स्विटी उपाध्याय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार स्वास्थ्य अवस्थाको पछिल्लो जानकारीका लागि घाँटीको र्याल (थ्रोट स्वाव) नमुना संकलन गरिएको हो। संकलित थ्रोट स्वाव परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ।

दाहालले भने, ‘सबैजना सकुशल हुनुहुन्छ। अहिलेसम्म कोभिड–१९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन।’ कोभिड–१९ संक्रमणपछि चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ। क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य जाँच र शंकास्पद लक्षण देखिएमा प्रयोगशाला परीक्षणको व्यवस्था गरिएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट