१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दुई वर्षमा निर्माण सक्ने ठेक्का सात वर्ष हुँदा पनि सकिएन, ठेकेदारले माग्यो अझै दुई वर्ष समय

दुई वर्षमा निर्माण सक्ने ठेक्का सात वर्ष हुँदा पनि सकिएन, ठेकेदारले माग्यो अझै दुई वर्ष समय
अ अ+ अ-

पाँचथर र तेह्रथुमलाई सडक सञ्जालमा जोड्न तमोर नदीको लुमुघाटमा पुल निर्माण सुरु भएको सात वर्ष भयो । दुई वर्षमा निर्माण सक्ने लक्ष्यसहित आर्थिक वर्ष ०६८/६९ मा स्वच्छन्द निर्माण सेवा प्रालिले पुल निर्माणको जिम्मा लिएको थियो । तर, सम्झौताको म्याद सकिएको चार वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले जम्मा चारवटा पिलर मात्रै तयार गरेको छ । यसबीचमा पटकपटक म्याद थप भए पनि पुल निर्माण कार्य भने अझै अलपत्र छ । २६ असार ०७२ मा निर्माण सक्ने सम्झौतासहित १३ करोड रुपैयाँमा स्वच्छन्द निर्माण प्रालीले पुल निर्माणको ठेक्का लिएको हो ।

समयमै पुल निर्माण नहुँदा गाडी चढेर तमोर नदी वारपार गर्ने दुई जिल्लावासीको सपना पूरा अधुरै छ । पुल निर्माण नहुँदा समस्या भोग्दै आएको स्थानीय सुरेन्द्र पौडेलले बताए । एक सय ५० मिटर लामो पुलको करिब आधा काम सकिएको दाबी निर्माण कम्पनीले गर्दै आएको छ । ट्रस्ट र आरसिसीसहितको पुलमा ७ वटा पिलर बनाउनुपर्ने स्टिमेट छ । तीनवटा पिलरको कामै सुरु भएको छैन । लुमुघाटको पाँचथर र तेह्रथुम दुवैतर्फ सडक निर्माण भएको छ । तर, तमोर नदीमा पुल नहुँदा दुई जिल्लाबीच सीधा यातायात सम्पर्क हुन सकेको छैन ।

‘दुवै जिल्लाका नागरिकले लुमुघाट पुगेपछि अर्को गाडी फेर्नुपर्ने बाध्यता छ,’ स्थानीय सुरेन्द्र पौडेलले भने, ‘नदी वारपार गर्नुपर्दा झोलुंगेपुल प्रयोग गर्नुपर्छ, मोटरसाइकल जेनतेन झोलुंगेपुलबाटै वारपार हुन्छन्, गाडी भने जताबाट आएको हो उतै फर्किन्छन् ।’ पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले चर्को असन्तुष्टि व्यक्त गर्दै आएका छन् । तर, पुल निर्माण कहिले सकिने हो निश्चित छैन ।

ठेकेदारद्वारा थप दुई वर्ष समय माग:पुलको काम अघि बढाउन भन्दै निर्माण कम्पनीले केही कामदार र एकजना इन्जिनियरलाई केही समयअघि साइटमा पाठाएको छ । तर, काम भने सुरु भएको छैन । तोकिएको समयमा काम नगर्ने निर्माण कम्पनीले पटकपटक म्याद थपका लागि पहल गर्दै आएको छ । पछिल्लो समय दुई वर्षमा काम सक्ने गरी समय थप गर्न माग गरिएको कम्पनीका साइट इन्चार्ज कमल कार्कीले बताए ।

‘विभिन्न कारणले समयमै काम हुन सकेन,’ उनले भने, ‘अब चैत मसान्त ०७८ सम्म काम सक्ने गरी समय थप गर्न माग गरेका छौँ ।’ निर्माण स्थलसम्म सडक पूर्वाधार गतिलो नहुँदा निर्माण सामग्री ल्याउनै समस्या हुने गरेको उनले बताए । ‘यसअघि भूकम्प, नाकाबन्दी, बन्द हडतालजस्ता कारणले पनि निर्माणमा बाधा सिर्जना भयो,’ कार्कीले भने, अब दुई वर्षमा निर्माण सक्ने गरी काम अघि बढाउँदै छौँ ।’ नयाँ पत्रिका दैनिकबाट