१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गाउँमा रंगशाला बनाउन १४ रोपनी जग्गा दान

गाउँमा रंगशाला बनाउन १४ रोपनी जग्गा दान
अ अ+ अ-

इलाम । ‘केही पनि भएन’ भन्दै गुनासोका भारी बोक्नेहरू पनि धेरै भेटिन्छन्। तर, दशकअघि गाउँ छाडेका सन्दकपुर गाउँपालिका ५ जमुनामा पुरानो थातथलो भएका समाजसेवी तोयनाथ भट्टराईले भने गाउँलाई भुल्न सकेनन्। त्यसैले त उनले करिब ५६ लाख रुपैयाँ मूल्य पर्ने १४ रोपनी जग्गा मातापिताको नाममा गाउँमा रंगशाला बनाउन दान गरे। ‘त्यो गाउँकै पे्ररणाले मलाई अहिलेको अवस्थामा ल्यायो। त्यसैले त्यो गाउँले लगाएको गुनलाई म भुल्न सक्दिनँ’, ८५ वर्षीय भट्टराई भन्छन्। बाबु गजाधर र आमा धनमायाको नाममा उनले दिएको जग्गामा अहिले जिल्लाकै भव्य रंगशाला निर्माणको तयारी भइरहेको वडाध्यक्ष जितबहादुर साँवा बताउँछन्।

‘यति धेरै जग्गा दानमा पाइएला भनेर हामीले सोचेका थिएनौं। यत्रो जग्गा दान गर्न ठूलो दिल चाहिन्छ,’ साँवा भन्छन्। उक्त जग्गामा स्थानीय सरकार र प्रदेश सरकारको सहकार्यमा भव्य रंगशाला निर्माण गरिने जानकारी साँवाले दिए। अहिले गाउँलेहरूले गच्छेअनुसारको सहयोग उठाएर भट्टराईसँगै थप १० रोपनी जग्गा खरिद गरेका छन्। प्रस्तावित गजाधर धनमाया रंगशाला २४ रोपनी क्षेत्रफलमा फैलने छ। साँवा भन्छन्, ‘प्रस्तावित रंगशालाको आसपासको जग्गा अहिले ६ लाख रुपैयाँ रोपनीमा किनबेच हुन थालेको छ।’


ढापपोखरी महोत्सवमा सम्मानग्रहण गर्दै जग्गादाता तोयनाथ भट्टराई

दाता भट्टराई दान दिएको जग्गाको मूल्य भन्न मान्दैनन्। ‘मूल्यमा नजाउँ, दान गरेको कुराको मूल्य तोक्नु हुँदैन। गाउँमा विकास भएको हेर्ने लालसाले जग्गा दान गर्न प्रेरणा मिल्यो’, उनी भन्छन्। जमुना गाउँको बीच भागमा पर्ने प्रस्तावित रंगशाला सदरमुकामबाट २२ किलोमिटर टाढा छ। उनले यसअघि जिल्लाकै ठूलो ढाप पोखरीका लागि समेत करिब पाँच रोपनी जग्गा दान गरेका थिए। भट्टराईका हजुरबुवा ताप्लेजुङतिरबाट जमुनामा आएका थिए।

त्यसपछि उनका बुवा गजाधरका आठजना छोराले पनि त्यहीँ जन्मिएका थिए। लेक औल मिलेको जमुना गाउँमा भट्टराई आफैं भने लामो समय बस्न पाएनन्। इलाम सदरमुकामको माई भ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले रंगशाला इलामको उत्तरी भेगको विकासमा कोशेढुंगा सावित हुने बताउँछन्। उनी भन्छन्, ‘जग्गा पनि राम्रो छ, जग्गा दिने काम ठूलो छाती हुनेले मात्रै गर्न सक्छ।’

झुम्रोले बनाएको बल खेलेर राष्ट्रिय खेलाडी बनेका छिरिङ गुरुङ जन्माएको जमुनाले रंगशाला बनेपछि प्रशस्त छिरिङ जन्माउने सम्भावना रहेको उनी बताउँछन्। भट्टराईले २०१९ देखि २०२६ सालसम्म प्रधानपञ्च भएर पनि गाउँको सेवा गरेका थिए। पञ्चायतको समयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भट्टराई भन्छन्, ‘गाउँ नबनेसम्म देश बन्दैन त्यसैले हामी सबैले गाउँलाई माया गर्नुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट