१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेकपामा लेबी एकरूपता

नेकपामा लेबी एकरूपता
अ अ+ अ-

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका मन्त्री, सांसद तथा नेता, कार्यकर्ताको लेबीमा एकरूपता ल्याएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएको २१ महिनापछि यस्तो एकरूपता ल्याएको हो । अहिले केन्द्रीय कमिटीको बैठकपछि जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार सङ्घीय संसद्का सदस्यहरूका लागि मासिक लेबी १२ हजार तोकिएको नेकपा कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिए ।

यसअघि तत्कालीन एमालेका सांसदहरूले मासिक १३ हजार र तत्कालीन माओवादी केन्द्रका सांसदहरूले मासिक १२ हजार रुपियाँ लेबी पार्टीलाई बुझाउ थिए । फागुन १ गतेदेखि लागू हुने गरी नेकपाका हरेक सांसदले मासिक १२ हजार बुझाउनुपर्ने हुन्छ । यद्यपि यो लेबी भिन्दाभिन्दै कोषमा जम्मा हुनेछ । हालसम्म नेकपाको संयुक्त खाता नखुलेका कारण तत्कालीन पार्टीहरूकै कोषमा जम्मा हुने कार्यालय सचिव रिजालले बताए । अब चाँडै नै पार्टीको खाता सञ्चालन हुने उनले बताए ।

पार्टीका सबै नेताको लेबीमा एकरूपता गरिने छ तर सांसदबाहेक अरू कसैको लेबी तोकेको छैन । चाँडै सबैको एकरूपता हुने गरी तोकिने उनले बताए । साथै पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रूपमा निर्वाह खर्चको प्रबन्ध गरिने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । अहिले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको संसदीय दलको कार्यालय पनि छुट्टाछुट्टै छन् । संसदीय दलको कार्यालय अविलम्ब एकीकृत गरिने बताइएको छ । महानगर र कमिटीको मर्यादा जिल्ला कमिटीसरह र उपमहानगर कमिटीको मर्यादा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीसरह हुने विधानको व्यवस्थाको व्याख्या र प्रयोग कसरी गर्ने भनी त्यसको सचिवालयमा छलफल गरी समाधान गरिने बताइएको छ ।

केन्द्रीय कमिटीको बैठकमा महानगर कमिटी र उपमहानगर कमिटीको मर्यादाको विषयमा केन्द्रीय सदस्यहरूले कुरा उठाएका थिए । विधानले निर्धारण गरेको समय सीमाभित्र बैठक आयोजना नभएकोमा नेतृत्वबाट आत्मालोचना गर्दै अगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिने र निर्धारित समयमा बैठक आयोजना गर्ने पार्टीले सङ्कल्प गरेको छ । गोरखापत्र दैनिकबाट