१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

१२ मुलुकका मुस्लिमको सप्तरीमा भेला, भारतीय गुप्तचरद्वारा उच्च निगरानी

१२ मुलुकका मुस्लिमको सप्तरीमा भेला, भारतीय गुप्तचरद्वारा उच्च निगरानी
अ अ+ अ-

लहान । इरान र पाकिस्तानसहित १२ मुलुकका मुस्लिम सप्तरीमा भेला भएका छन् । उक्त भेलालाई भारतीय गुप्तचरले उच्च निगरानी राखेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–५ जाँजरमा मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन ‘इज्तिमा’ शनिबारदेखि सुरु भएको छ । तेस्रो मुलुकको प्रतिनिधिलाई सहभागी नगराउने आयोजकको प्रतिबद्घता पश्चात सरकारले कार्यक्रम गर्न बाटो खोलिदिएपछि ४० लाखभन्दा बढीको सहभागिता रहेको धार्मिक सम्मेलन ‘इज्तिमा’ सुरु भएको हो ।

यद्यपि सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, कतार, मलेसिया, इराक, इरान, अफगानिस्तान र अमेरिकाबाट श्रद्धालुहरू सहभागी भएको स्रोतको दाबी छ । कडा सुरक्षा र निगरानीका बीच सुरु भएको धार्मिक सम्मेलनमा नेपाल र भारतको मुस्लिमको मात्र सहभागिता रहेको र अन्य मुलुकबाट सहभागी हुन आएकाहरूलाई सम्झाइबुझाई फिर्ता पठाइएको धार्मिक सम्मेलन आयोजक समितिका संयोजक मो. गफुरले जानकारी दिए । उनले विशुद्घ धार्मिक कार्यक्रम आपसी र सामाजिक सद्भावका लागि भएकाले कसैले शंका गर्न नहुने आग्रह पनि गरे ।

४० लाखभन्दा बढी सहभागी मुस्लिम धर्मालम्बीहरूद्वारा संयुक्त रूपमा पवित्र नमाज र प्रार्थनापश्चात सुरु भएको धार्मिक सम्मेलन इज्तिमाको पहिलो दिन सहभागीहरूलाई मुस्लिम आयोगकका अध्यक्ष समिम अंसारीले स्वागत गरे लगत्तै मुख्य प्रवचन भारत दिल्लीस्थित मर्कट जामे मस्दिजका मौलाना मो। सादले प्रवचन गरेका छन् । उनले सुरुमै मानव कल्याण तथा आपसी सद्भावका लागि आयोजित धार्मिक कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबैसँग आग्रह गर्दै प्रवचनको सुरुआत गरेका थिए ।

कार्यक्रमस्थलमा महिला प्रवेशलाई पूर्ण निषेध गरिएको छ भने पूर्वअनुमति बगेर फोटो खिच्न रोक लगाइएको छ । यस्तै कोरोना भाइरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिम तथा अन्य स्वास्थ्य उपचारका लागि कार्यक्रम स्थलभित्र ६ ठाउँमा स्वास्थ्यकर्मी राखेर हेल्थडेक्सको स्थापनासमेत गरिएको छ । सम्मेलन स्थलमा शान्ति सुव्यवस्था मिलाउन डिएसपी तिलक भारतीको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । डिएसपी भारतीले २ सय ५० नेपाल तथा ३ सय ५० सशस्त्र गरी शान्ति सुरक्षाका लागि ६ सय सुरक्षाकर्मी परिचालित रहेको जानकारी दिए ।

यस्तै कार्यक्रम स्थलमा व्यवस्थापनका लागि आयोजक समितिले २ सय ५० स्वयसेवक परिचालन गरेको छ भने ठूलो संख्यामा आएका सहभागीका लागि २ हजार २ सय अस्थायी शौचालय निर्माण गरिएको छ । त्यस्तै स्वच्छ खानेपानीका लागि २ सय ५० धारा जडान गरिएको छ । करिब दुई सय विघा जग्गामा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल र टहरा निर्माण गरिएको छ । पहिलोदिन शनिबार दुई लाख सहभागी आइसकेको र अझ आउने क्रम जारी रहेकाले यो संख्या ६० लाखसम्म पुग्ने अनुमान गरिएको आयोजक समितिका संयोजक मो. गफुरले बताएका छन् ।

नेपाल–भारत सीमा नजिकै सुरु भएको कार्यक्रमलाई भारतीय सुरक्षा अधिकारीले पनि विशेष चासोका साथ हेरिरहेको छ । कार्यक्रम स्थलमा केही सादा पोसाकमा भारतीय प्रहरी निगरानी गरिरहेको समेत स्थानियले जानकारी दिएका छन् । आन्दोलनमा प्रभाव पर्ने भन्दै भारतीय पक्ष सन्तुष्ट छैन । अझ कार्यक्रममा पाकिस्तान र बंगलादेशका मुस्लिमहरूको उल्लेख्य सहभागिता हुने भएपछि उसले सीमावर्ती क्षेत्रमा सुरक्षा कडा बनाएको छ । सौर्य दैनिकबाट