१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

छोरी दिन अन्काउने गाउँ !

छोरी दिन अन्काउने गाउँ !
अ अ+ अ-

बुटवल । प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–७ रानीटार र तापमा कुनै वेला छोरीको बिहे गरिदिन अभिभावक हिच्चकिचाउँथे । कारण खानेपानी थिएन । खानेपानीकै लागि रानीटारका जनताहरू दुई घण्टा लगाएर एक गाग्री पानी ल्याउन ठाडोखोला र पधेरी खोलामा गाग्री लिएर पुग्नुपथ्र्यो । दुई घण्टा लगाएर ल्याएको पानी पर्याप्त खर्च गर्न पनि हात खुम्च्याउनु पथ्र्यो । रानीटारमा ०२२ सालमा बिहे गरेर आएकी भूमि विक खोलाबाट पानी बोकेर दुई दशक बिताइन् ।

खानेपानीकै लागि रातदिन नभनी ठाडोखोला र पधेरी खोलामा धाएकी ६६ वर्षीय भूमि अहिले घरघरमा पानी आएपछि भने खुसी भएको बताउँछिन् । ‘हामीले दुःख गर्यौ । अहिलेका बुहारीलाई सुख भयो । बुहारीलाई सुख भएपछि हामीलाई पनि भयो’, भूमिले भनिन्, ‘म मर्ने बेला हुँदा बल्ल बुहारीलाई सजिलो भयो ।’ ६० वर्षीय पद्याकुमारी अधिकारी गाउँमा पैसा तिरेरै भए पनि पानी पिउन पाउँदा खुसी लागेको बताइन् । दुई घण्टा लगाएर ल्याएको एक गाग्री पानी उत्तिखेरै सकिथ्यो ।

एक जनाको काम दिनभरी खोलाबाट पानी बोक्न नै ठिक्क हुन्थ्यो । विगतका भोगेको दुःख सम्झिए पनि अहिले घरको ढोकामै धारा जोडिएपछि उनी पनि दंग छिन् । उनी भन्छिन्, ‘गाउँमा पानी नहुँदा नुहाउन खोलामा जानुपर्ने बाध्यता थियो । बाहिर नुहाउँदा समस्या हुने गथ्र्यो तर अहिले त्यो समस्या हटेको छ । कुनै बेला छोरी दिन नमान्ने यो गाउँमा अहिले पानी आउँदा धेरै खुसी पनि लागेको छ ।’

लिफ्टिङ गरी खानेपानी योजना:रानीटार र तापमा खानेपानीको चरम समस्या भएपछि अहिले त्यहाँ लिफ्टिङ गरी खानेपानी आयोजना लगिएको छ । खानेपानी योजना गाउँमा पुगेपछि जनताहरू खुसी भएका त छन् नै पहिले दुई घण्टा लगाएर ठाडोखोला र पधेरी खोलाबाट एक गाग्री पानी ल्याउनेहरू दिन अब स्मरणमा मात्र सीमित भएका छन् । पानी घरमा आउँदा बितेका दिनहरू भुल्दै गएको रानीटारकै ६० वर्षीय यमी अधिकारी बताउँछिन् । खानेपानी सरसफाइ डिभिजन कार्यालय प्युठानले अहिले रानीटार र तापलाई लक्षित गरेर तत्कालीन बेलबास–५ र ८ आयोजना अगाडि बढाएको छ ।

दुई स्किम रहेको आयोजनाअन्तर्गत पहिलो चरणमा १ सय ५० धाराहरू जडान गरिएको कार्यालयले बताएको छ । दंगल खोलाबाट ल्याएको पानीलाई पहिलो चरणमा १ सय ५० धारामा जडान गरिएको र दोस्रो चरणमा ६ सय ७७ घरधुरीलाई खानेपानी वितरण गरिने आयोजना प्रमुख इन्जिनियर आबेद हुसेनले बताए । दोस्रो चरणमा बेलबास लिफ्टिङ आयोजनाअन्तर्गत माडी खोलाबाट पानी ल्याउनका लागि पाइपहरू विच्छाइसकिएको र हालसम्म आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

यो आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको र लिफ्टिङको पानी वितरण मध्ये करिब चार सय घरमा मात्र धारा जडान बाँकी रहेको उनले बताए । २ करोड ४९ लाख ३० हजार ६ सय २४ रुपैयाँ लागतको निर्माण भइरहेको आयोजना उपभोक्ता समितिको २० प्रतिशत श्रमदान रहेको छ । वडा–७ का अध्यक्ष पदम भट्टराई प्रदेश सरकारको सहयोगमा स्वर्गद्वारीका साविकाको ५ वडामध्ये वडा–५, ६, ७ र ८ वडालाई माडी खोलाबाट लिफ्टिङ गरी लगिएको खानेपानी वितरण गरिरहेको बताउँछन् । लिफ्टिङ गरिएको पानी १३ सय मिटर माथि राख्नका लागि १४/१४ घनमिटरका दुई वटा ट्यांकी निर्माण गरिएको छ ।

खोलाबाट ल्याइएको पानी प्रतिसेकेण्ड ६ दशमलव ६ लिटर दरले ट्यांकीमा झर्ने भएकाले खानेपानीमा वितरणमा समस्या नहुने वडाध्यक्ष भट्टराईले बताए । खानेपानी आयोजनाले आयोजनालाई दिगो बनाउन न्यूनतम आठ हजार लिटरलाई न्यूनतम मानेर कम्तिमा सयदेखि एक सय ५० रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । त्यसको अलावा उपभोक्ताले खपत गरेको अनुपातका आधारमा प्रति युनिट (एक हजार लिटर) २० देखि २५ रुपैयाँसम्म महशुल शुल्क राखिएको छ । सौर्य दैनिकबाट