१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

पर्यटनमन्त्रीको रंगिन साँझहरु, आर्थिक हैसियत ह्वात्तै बढ्यो

पर्यटनमन्त्रीको रंगिन साँझहरु, आर्थिक हैसियत ह्वात्तै बढ्यो
अ अ+ अ-

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईको दिनचर्या र जीवनस्तर ह्वात्तै बढेको छ । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण बुझाउनु नपर्ने र बिल सार्वजनिक गर्नु नपर्ने सहुलियत दिएपछि त अर्थोपार्जनमा कुनै अंकुश लाग्ने कुरा पनि भएन । उनलाई नजिकबाट चिन्नेहरुले भन्न थालेका छन् – सरकारमा जाँदा र बाहिर हुँदाका उनका अभिव्यक्तिहरुले समेत फेरिएको उनको जीवनशैली पुष्टी गर्दछ ।

डिल्लीबजार काठमाडौंको सनराइज बिज पार्कमा कार्यालय रहेका एमएस ग्रुपका डाइरेक्टर, नेपाल हस्पिटालिटी एन्ड होटल प्रालि र एभरेष्ट हस्पिटालिटी एन्ड होटल प्रालिका मेनेजिङ डाइरेक्टर तथा नागपोखरीस्थित होटल मारिएटका मालिक गौरव अग्रवाल र यति ग्रुपका मेनेजिङ डाइरेक्टर सोनाम छिरिङको संगत र कृपाले मन्त्री भट्टराईको आर्थिक हैसियत ह्वात्तै बढेको हो । मेरिएट होटलमा क्यासिनो संचालन लामो समयदेखि रोकिएको थियो । कारण विदेशी लगानीमा संचालित होटल र क्यासिनोमा कम्तीमा १ प्रतिशत स्वदेशी लगानीकर्ताको शेयर लगानी हुनुपर्ने कानुनी प्रावधानका कारण क्यासिनो संचालन हुन सकेको थिएन ।

प्रधानमन्त्री ओली मातहत मन्त्रालय हुँदा उक्त प्रावधान पूरा नगरेसम्म टाउको फुटाए पनि क्यासिनो संचालन हुन दिइएको थिएन । स्वदेशी लगानीकर्ता तयार भएपनि गौरव त्यो शेयर दिन तयार थिएनन् । तर योगेश मन्त्री भएदेखि नै गौरवको दौडधुपले तिब्रता पाएको थियो, र अहिले एकाएक क्यासिनो संचालनमा आएको छ । होटल क्यासिनो संचालनका लागि पर्यटन मन्त्रालयको स्वीकृति चाहिने नियम छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा यति ग्रुपलाई दिलाउने विवादास्पद निर्णयमा समेत नाम जोडिएका योगेशले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई राजिनामा गराउन बाध्य बनाएका थिए ।

अहिले उक्त रिक्त स्थानमा यति ग्रुपकै सक्रियतामा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निगममा नियुक्ति दिलाउन सक्रिय रहेको पनि स्रोतको दाबी छ । हिजोआज मन्त्री योगेशलाई साँझ रंगिन बनाउन गौरव, कंसाकार, छिरिङ हरुको प्रतिस्पर्धा चलेको पनि मन्त्रीलाई २ मिनेट भेट्न नपाएका सर्वसाधारणको भनाई छ । उनीहरु मन्त्रीलाई भेट्नु भन्दा मन्त्रालयका कर्मचारीसँग भलाकुसारी गरेर फर्कने गरेका छन् ।

योगेशले याक एन्ड यतीको भुँइतलाको गोप्य कोठा र मेरिएटको १०औं तलामा कंसाकारसँग तथा बाँकी साँझहरु गोकर्ण रिसोर्टमा रमाइलो गर्ने गरेको कुरा प्रत्यक्षदर्शीको दाबी छ । योगेशका केही अघिसम्म साथ सहयोग र समाचार रिपोर्टिङमा सघाउँदै आएका एक पत्रकारको कथन छ, “योगेशजीकी श्रीमतीले यो राजनीति नगर अरु नै आयआर्जन हुने काम गर भनी दैनिक सुझाउने तर उनी भने पर्खन म माननीय हुन्छु अनि मन्त्री, त्यसपछि हेरौंला ।”