१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पेट्रोलियम परियोजना अघि बढाउन समिति गठन

पेट्रोलियम परियोजना अघि बढाउन समिति गठन
अ अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसहितका यी चार संयुक्त अध्ययन समिति बनाइएको हो ।

सिलगुढी–झापा पाइपलाइनको प्रारम्भिक रेखाङ्कन पनि थालिएको छ । नेपाल र भारतको सहसचिवस्तरीय संयुक्त कार्य समूहले संयुक्त अध्ययन टोली बनाउने निर्णयअनुसार यी समिति बनाइएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेका अनुसार संयुक्त कार्यसमूहले पाँचवटा सवालमा काम अघि बढाउने छ । सिलगढी–झापा पेट्रोलियम पाइपलाइनको विस्तृत आयोजना प्रतिवेदन संयुक्त अध्ययन टोली गठन भएको चार महिनामा सकिने गरी काम सुरु हुने घिमिरेको भनाइ छ । सो पाइपलाइनको दूरी ३७ किमी रहने छ ।

झापामा आयल ‘टर्मिनल’ भण्डारण तथा पूर्वाधार निर्माणको विस्तृत प्रतिवेदन तयार गरने छ । मोतिहारीदेखि अमलेखगञ्जसम्म आएको पाइपलाइन विस्तार गरी चितवनको लोथरसम्म ल्याउन विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्नेछ । संयुक्त अध्ययन समितिले दुई महिनामा सो काम सम्पन्न गर्ने छ । लोथरमा भण्डारणलगायतका भौतिक पूर्वाधारको पनि प्रतिवेदन गरिने छ । गत भदौदेखि सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको पूर्वाधार निर्माण र भण्डारण क्षमता निर्माणको काम पनि अघि बढाइने भएको छ ।

सो आयोजनाको दोस्रो चरणको काम बाँकी रहेकाले विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गरिने सहसचिव घिमिरेले बताए । उनले भने, “संयुक्त अध्ययन समूहले काम थालेको एक महिनामा प्रतिवेदन तयार गरेर काम अघि बढाउँछौँ ।” संयुक्त कार्यसमूहले नेपालमा रहेका डिपो तथा भण्डारणहरूको अध्ययन पनि गर्ने भएको छ । भविष्यका लागि आवश्यक पर्ने भण्डारण क्षमताको पहिचान र डिपोको अध्ययन गरी समग्रमा नेपालभर पाइपलाइनको नक्साङ्कन गर्ने योजना अघि सारिएको छ । त्यसका लागि संयुक्त अध्ययन समूहले काम गरेको पाँच महिनामा अवधारणापत्र पेस गर्नेछ ।

घिमिरे भन्छन्, “उल्लेखित कामको विस्तृत अध्ययन प्रतिवेदन आइसकेपछि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच काम अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर हुन्छ, यो काम संयुक्त कार्यसमूहले गर्नेछ ।” सिलगढी–झापा पाइपलाइनको अध्ययनका लागि निगमका प्रवक्ता वीरेन्द्र गोइत, अमलेखगञ्ज–लोथर पाइपलाइनका लागि निगमका निर्देशक पूर्णप्रसाद रिजाल, अमलेखगञ्ज डिपो स्तरोन्नतिका लागि निर्देशक दीपक बराल, रुपन्देहीसम्म प्राकृतिक ग्यास परियोजनाका लागि निर्देशक करुण क्षेत्रीको नेतृत्वमा समिति गठन गरिएको छ । गोरखापत्र दैनिकबाट