१४ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमृत र इबीए विजयी



अ+ अ-

अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ‘बी’ ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स थ्री बाइ थ्रीमा सोमबार जित हात पारेका छन् । दुवैले एनआईसीलाई पराजित गरे । अमृतले एनआईसीलाई १७–१४ तथा इबीएले एनआईसीलाई १९–१५ ले हराए । अमृतकी दिया न्यौपानेले ८ तथा इबीएकी अस्मिता विकले ९ अंक जोडे । जुनियर ब्वाइजमा मातृभुमिले दोहोरो जित निकाल्यो ।

पहिलो खेलमा मातृभुमिले नव ज्ञानभुमिलाई २९–२५ ले पाखा लगायो । विजेताका अभिनव गुरुङले १२ अंक योगदान गरे । अर्को खेलमा अभिनवकै १४ अंक सहयोगमा मातृभुमिले भक्तिलाई २२–१९ ले पन्छायो । नेपाल मोडेल पनि दुई खेलमा जित हात पार्न सफल भयो । नेपाल मोडेलले फ्युजन एकेडेमीलाई २३–१७ तथा स्किम्सलाई २६–२० ले निराश पार्यो। फ्युजन विरुद्ध नेपाल मोडेलका कृष्ण काफ्लेले १३ तथा स्किम्स विरुद्ध नेपाल मोडेलका प्रनिश अधिकारीले ९ स्कोर गरे ।

जुनियर ब्वाइजमै नव ज्ञानभुमिले काठमाडौं ग्लोबललाई २५–२० तथा भ्याली पब्लिकले अमृतलाई २०–१८ ले पराजित गरे । नव ज्ञानभुमिका विपिन श्रेष्ठले १२ तथा भ्याली पब्लिकका सौगातले ९ अंक बटुले ।