११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवत्ता दीपक गिरीले बताए ।

लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए । त्यसैगरी सिन्धुपाल्चोक साँगागढी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित ३६ वर्षीया ममता श्रेष्ठको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने २० वर्षीया जुनु श्रेष्ठको कोठाको ढोका फुटाएर चोरी गर्दै गरेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई हाल काठमाडौ बस्ने १८ वर्षीय पुजन लिम्बू र काभ्रे घर भई हाल काठमाडौं डल्लु बस्ने १८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ । प्रवक्ता गिरीले पक्राउ परेका लिम्बूको साथबाट ताल्चा फुटाउने एक थान छिनो र नगद रु पाँच हजार ३१५ र तामाङको साथबाट एक थान खुकुरी रु १५ हजार ५०० बरामद गरी अनुसन्धान शुरु गरेको बताए ।