२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवत्ता दीपक गिरीले बताए ।

लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए । त्यसैगरी सिन्धुपाल्चोक साँगागढी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित ३६ वर्षीया ममता श्रेष्ठको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने २० वर्षीया जुनु श्रेष्ठको कोठाको ढोका फुटाएर चोरी गर्दै गरेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई हाल काठमाडौ बस्ने १८ वर्षीय पुजन लिम्बू र काभ्रे घर भई हाल काठमाडौं डल्लु बस्ने १८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ । प्रवक्ता गिरीले पक्राउ परेका लिम्बूको साथबाट ताल्चा फुटाउने एक थान छिनो र नगद रु पाँच हजार ३१५ र तामाङको साथबाट एक थान खुकुरी रु १५ हजार ५०० बरामद गरी अनुसन्धान शुरु गरेको बताए ।