१३ भाद्र २०८३, शनिबार
,
Latest
आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको मेयरबाट राजीनामा दिने बालेनको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट राजीनामा दिने भएका छन् ।

फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएपछि बालेनले दुई हप्तापछि मेयरबाट राजीनामा दिने तयारी गरेका हुन् ।

आईतबार बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच ७ बुँदे सहमति भएको थियो । जसमा बालेन रास्वपाबाट चुनाव लड्ने, संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । जसको लागि बालेनले माघ ६ गते भित्र महानगरको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।

महानगरमा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले दुई हप्ताभित्र राजीनामा दिने तयारी गरेका बालेनका निकट स्रोतले बतायो ।

बालेनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले कार्यवाहक नेतृत्व सम्हाल्नेछिन् ।