२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन विमानस्थलमा कार दुर्घटना, एक कामदारको मृत्यु



अ+ अ-

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित निर्माणाधीन विमानस्थलमा सोमबार बेलुकी कार दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको छ । सोमबार बेलुकी ८ बजे विमानस्थलका कामदार सवार रहेको प्रदेश ३, ०१ ०२२ च ०६६१ नम्बरको कार खाल्डोमा खसेको थियो ।दुर्घटनामा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कारमा सवार स्याङ्जाको बिरुवा घर भइ पोखरास्थित चाउथेमा बस्दै आएका २७ वर्षीय यामबहादुर मगर छन् । मगरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका कार चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।