१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

आलु उत्पादनमा ह्रास आयो

आलु उत्पादनमा ह्रास आयो
अ अ+ अ-

कञ्चनपुर । हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा तीस प्रतिशत भन्दा बढीले ह्रास आएको छ । व्यावसायिक रुपमा यहाँ आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् ।

दाना लाग्ने बेलादेखि नै बोटहरु मरेपछिे उत्पादनमा कमी आएको हो । व्यावसायिक रुपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान लक्ष्मण चौधरीले दश कट्ठा जग्गामा मुस्किलले एक बोरी मात्रै आलु उत्पादन भएको जानकारी दिनुभयो । “आलुका दाना लाग्ने क्रममै लगातार वर्षा भएपछि बोटहरु मर्न थालेका थिए”, उहाँले भन्नुभयो, “बर्सात हटेपछि डढुवा लागेपछि सबै आलु बालीमा नोक्सानी भयो ।” दश कट्ठा जग्गामा आलु खेतीका लागि रोपिएको बीउसमेत उत्पादन नभएको चौधरीले गुनासो गर्नुभयो । “बीउ मात्रै पाँच बोरी बारीमा रोपिएकामा त्यो पनि उत्पादन भएको छैन”, उहाँले भन्नुभयो, “गत वर्ष मात्रै तीस क्विन्टल आलु उत्पादन भएको थियो । यस वर्ष एक बोरी आलु पनि उत्पादन भएको छैन ।”

मल, कीटनाशक र सिँचाइको खर्चसमेत उठाउन नसकिएको उहाँको बताउनुभयो । अर्का किसान पुरन चौधरीले बारीमा रोपेको आलु पूरै नोक्सान भएपछि घरकै तरकारीका लागि आलु भारतबाट खरिद गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । पिपलाडी आलु खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको छ । यस क्षेत्रका तीन दर्जनभन्दा बढी किसानले व्यावसायिक रुपमा आलु खेती गर्दै आएका छन् । गत वर्ष मात्रै यस क्षेत्रका किसानले पहिलो पुस्ताको आलुको बीउ मात्रै सात लाख मूल्य बराबरको बिक्री गरेका थिए । कार्डिनल २०, आइपिवाई आठ ३० र खुमलउज्जल ३० गरी ८० क्विन्टल आलुको पहिलो पुस्ताको बीउ उत्पादन गर्दै आए पनि यस वर्ष आलु खेतीबाट लागत खर्चसमेत उठाउन नपाएको चौधरीले बताउनुभयो ।

बेलौरीको सिंहपुरका किसान रामआश्रय रानाले समेत खेतमा लगाएको आलुका बोट नै मरेपछि आलुको उत्पादन लिन नसकेको गुनासो गर्नुभयो । “आलुका बोटमा दाना नै नलागेपछि खन्नका लागि खेतमै गएको छैन”, उहाँले भन्नुभयो । आलुको उत्पादनमा ह्रास आएपछि बजारमा आलुको मूल्यमा बढोत्तरी भएको छ । सिजनमा बजारमा रु २० प्रतिकिलोका दरले बिक्री हुने आलुको मूल्य रु ३० बढी रहेको छ ।

तरकारी व्यवसायीका अनुसार स्थानीय किसानले उत्पादन गर्ने आलु बजारमा थोरै मात्रै आएपछि भारतीय आलुमा निर्भर रहनु परेको छ । भारतीय व्यापारीले मनोमानी रुपमा मूल्य वृद्धि गरी आलु बिक्री गर्दै आएका छन् । यसबाट उपभोक्ता मर्कामा परेका छन् । जिल्लाका बेलौरी, पुनर्वास, बेदकोट, शुक्लाफाँटा र भीमदत्त नगरपालिका आलु खेती हुने गरेको छ । पानी जम्ने चिम्टाइलो माटो भएको जग्गामा लगाइएको आलु खेती र परम्परागत रुपमा लगाइएको आलु खेतीमा वर्षा र डढुवा रोगले नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालयप्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो । वर्षा र डढुवा रोगका कारण प्रतिहेक्टर चार मेट्रिक टन आलुको उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो । “उत्पादकत्व घटेको छैन”, उहाँले भन्नुभयो, “उत्पादनमा कमी आएको छ ।”

आलुको उत्पादनमा ३० प्रतिशतले ह्रास आएको जनाइएको छ । जिल्लामा चार हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । ती क्षेत्रफलमा उत्पादन २० हजार मेट्रिक टन हुने गरेको छ । उत्पादनमा ह्रास आएपछि यस वर्ष आलुको उत्पादन १४ हजार मेट्रिक टन रहेको छ । उहाँका अनुसार प्रतिहेक्टर आलुको उत्पादन १३ मेट्रिक टन रहेको छ । यसैगरी कञ्चनपुरका किसानले डढुवा रोगका कारण गोलभेँडा खेतीमा समेत नोक्सान व्यहोरेका छन् ।