१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रम

विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रम
अ अ+ अ-

गोरखा । गोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

भूकम्पले क्षतिग्रस्त भवन बनाउन चर्चित साङ्गीतिक समूह नेपथ्यले फागुन १७ गते काठमाडौँमा विशेष कार्यक्रम गर्न लागेको हो । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाका लागि सङ्गीत’ नाम दिइएको सो कार्यक्रम भृकुटीमण्डप बगैँचामा आयोजना गरिनेछ ।

भूकम्पपछि सिन्धुपाल्चोकको ठोकर्पा माध्यमिक विद्यालयलगायत विभिन्न जिल्लाका विद्यालय भवन पुनःनिर्माण गर्न सघाएको हेल्प नेपालका कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले बताउनुभयो । दोलखाको भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवनको पुनःनिर्माण शुरु भइसकेको छ ।

पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठनपाठनमा पनि राम्रो प्रभाव पर्ने भएकाले अरु जिल्लाका लागि पनि नमूना हुने गरी विद्यालय पुनःनिर्माण गराउने हेल्प नेपालले जनाएको छ । कार्यक्रममा चर्चित गायक अमृत गुरुङलगायत कलाकारले प्रस्तुति दिने जनाइएको छ ।

कार्यक्रमका लागि अग्रिम बुकिङ गर्नेलाई टिकटको मूल्य रू ९०० राखिएको छ । कार्यक्रमको दिन भने टिकटको मूल्य प्रतिव्यक्ति रु एक हजार २५० पुग्ने हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुणसिंह बस्नेतले सुनाउनुभयो । ‘मातृभूमिका लागि महिनामा एक पाउन्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्षअघि बेलायतमा सो नेटवर्क स्थापना गरिएको हो । हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायतालगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।