२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा लिई ट्रायल पास गराईदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ



अ+ अ-

भक्तपुर । पैसा लिई ट्रायल पास गराई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-३ घर भई काठमाडौं शंखमुल बस्ने ५० वर्षीय केशव बहादुर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर थिमी नगरपालिका-९ राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टरमा सवारी साधनको लाईसेन्स निकाल्न आउने व्यक्तिहरुसँग पैसा दिए ट्रायल पास गराई दिन्छु भनी ठगी गर्दै हिँडेका उनलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।