२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ ।

फागुन २ र ३ गते भक्तपुरमा बसेकोे सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । उहाँले संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताउनुभयो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ती जनाउनुभएको हो । उहाँले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत बताउनुभयो ।

संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । उहाँले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको बताउनुभयो । त्यस्तै ट्रेड युनियनमा लाग्ने कर्मचारीहरुमाथि कार्यालयको काम नगरी ट्रेड युनियनको मात्र काम गर्ने आरोप लाइएको भन्दै खण्डन समेत गर्नुभयो । नेपाल निजामती कर्मचारी संगठनले व्यक्तिगत स्वार्थको आधारमा नभई सामुहिक स्वार्थको लागि मात्र आवाज उठाउने निर्णय बैठकले गरेको समेत उहाँले बताउनुभयो । उहाँले भ्रष्टाचार गर्ने तथा गलत गर्ने कर्मचारीलाई कारबाही गर्न संगठनले सधैं सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।