१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

एशियामै पहिलो मानव मलमूत्र फोहर प्रशोधन केन्द्र बन्ने

एशियामै पहिलो मानव मलमूत्र फोहर प्रशोधन केन्द्र बन्ने
अ अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो ।

केन्द्र निर्माणका लागि रु चार करोड १७ लाख रकम लाग्ने अनुमान गरिएको वातावरणविज्ञ राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा रु साढे तीन करोड बोर्डको लगानी हुनेछ भने रु ५५ लाख नगरपालिकाले व्यहोर्नुपर्ने छ ।” केन्द्र सञ्चालन गर्न थ्री फेजको बिजुली आवश्यक रहने हुँदा यसको व्यवस्था नगरपालिका स्वयंले नै गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

केन्द्रमा दैनिक तीन ट्रक दिशाजन्य लेदो व्यवस्थापन गर्र्न मिल्ने गरी निर्माण गर्न लागिएको वातावरण शाखा प्रमुख लवकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा प्रत्येक वर्ष १० प्रतिशत जनसङ्ख्या बढ्दै गएको आधार मानी सन् २०२१ देखि सन् २०२५ सम्मलाई हुने गरी यस परियोजना अघि बढाउन लागेका हाँै ।”

समय निरन्तर अघि बढ्दै जाँदा नेपालमा सस्तो र नयाँ प्रविधि भित्रियो भने यसलाई सञ्चालन गर्न गाह्रो हुने भविष्यको विचार गरी पाँच वर्षसम्म काम दिने खालको प्रशोधन र व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको गुप्ताले बताउनुभयो ।

नगरवासीले सो केन्द्रमा दिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवस्थित सेफ्टीट्याँकी बनाउनुपर्ने वातावरण तथा सरसफाइविज्ञ सञ्जय अधिकारीले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यसअघि आइएसओ मान्यता प्राप्त नपाएको झापामा निर्मित लगभग दैनिक सात ट्रक मलमूत्र भण्डारण गर्न मिल्ने केन्द्र निर्माण भइसकेको छ । कहिले दिनमा अलिकति पनि दिशाजन्य पदार्थ भण्डारण र प्रशोधन गर्न नआउँदा निकै घाटा व्यहोरिरहेको छ ।” अब निर्माण हुन लागेको केन्द्र घाटामा जानुभन्दा पाँच वर्ष टिक्ने र गुणस्तरीय हुनु उचित रहने अधिकारीले सुझाव दिनुभयो ।

दिशाजन्य लेदोमा ९० प्रतिशत पानी र १० प्रतिशत पदार्थ हुने गरेको बताइएको छ । नगरपालिकाका–१ देखि नं ५ सम्म भएका घरबाट निस्कने दिशाजन्य पदार्थको पानी पठाउन ढलको व्यवस्था गरिएको छ । वडा नं ६ देखि १० सम्म पाँच वडामा ढलको व्यवस्थापन नरहँदा यो प्रशोधन केन्द्रले निकै सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा ६ देखि १० मा हाल लगभग ११ हजार घरधुरी छन् ।” पहिलो नम्बरमा यी घरको दिशाजन्य फोहर व्यवस्थापन हुन्छ भनेपछि समयको मागसँगै अन्य पाँच वडाको दिशाजन्य पदार्थ व्यवस्थापन गर्न आवश्यक परेमा त्यसको विचार गरिने छ ।

सो प्रशोधन केन्द्र सामाजिक व्यापारिक नमूनामा बनाउँदा प्रभावकारी हुने नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकाभित्र असल अभ्यासको शुरुआत भएको हुँदा यो बनाउने निश्चित भएको छ । यसका लागि नगरपालिकाले जमिनमुनि रहेको पानीको एकपटक अनुसन्धान गर्न निकै आवश्यक देखिन्छ ।” गोदावरी खोलाको कोरिडोर बनिसकेपछि यो कामलाई अघि बढाइने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशोधन केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाको ‘स्वच्छ सफा, समृद्ध, सुन्दर–महालक्ष्मी नगर’ भन्ने मूल नारालाई सो परियोजनाले निकै सहयोग गर्ने उपप्रमुख निर्मला थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरेलु फोहरको सुरक्षित व्यवस्थापन गरी जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने जोखिमको न्यूनीकरण गर्न यो परियोजनाले निकै उपयोगि हुने छ ।” सो परियोजनाले दिशाजन्य लेदो, सोबाट निस्कने फोहर तथा सतही पानी र ठोस फोहरको व्यवस्थापन गर्ने थापाले जानकारी दिनुभयो ।

परियोजनाले नगरपालिकाभित्र उचित मापदण्डअनुरुप दिशाजन्य लेदोको सुरक्षित सङ्कलन, भण्डारण, ढुवानी, प्रशोधन र सुरक्षित विसर्जन गर्न सहयोग गर्नेछ । यस परियोजनाभित्र भाडामा रहेका र निजी आवास, व्यावसायिक र औद्योगिक प्रतिष्ठान, सरकारी र संस्थागत संरचना तथा सार्वजनिक शौचालय आदि पर्छन् ।

केन्द्रको निर्माणपछि नगरपालिकाले मानव मलमूत्र फोहर र फोहर पानीलाई खुला रुपमा ढल वा जमिनमा मिसाउन दिने छैन । यसका लागि उच्चस्तरीय सेफ्टी ट्याङ्कीको व्यवस्था हुनेछ । हरेक भान्छाबाट निस्कने जैविक वा अजैविक फोहरलाई आवश्यक प्रविधि जडान गरी निहित चिल्लो र ग्रिजयुक्त पदार्थ मार्फत न्यूनीकरण गरेर मात्रै ढल निकास गरिने छ । नयाँ बन्ने संरचनाले नगरपालिकाको नियमभन्दा बाहिर गएर भवन र संरचना बनाउन पाउने छैन ।

सो परियोजनाको पूर्णतापछि यसबाट बायोग्यास र तरकारी उत्पादन व्यवसायमा निकै सहयोग पुग्ने बताइएको छ । यसअघि नगरपालिका–८ लुभुमा निर्मित सानो ढाँचाको हप्तामा दुई ट्रक दिसाजन्य पदार्थ प्रशोधन हुने केन्द्रमार्फत त्यहाँ बायो ग्यास र तरकारी उत्पादन गर्न निकै सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।