१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई लिनिङ बास्केटबल उपाधि



अ+ अ-

काठमाडौं। त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित गर्यो।

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) को छनोटका रुपमा रहेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताबाट ४ टोली लिगका छनोट हुने प्रावधान थियो।

आर्मी र सोलोसंगै सेमिफाइनल पुगेका रोयल स्पोर्ट्स सेन्ट्रल र प्लेबक्स एरेना लिगको दोश्रो सिजनका लागि छनोट भए ।

छनोट भएका ४ टोली र एचजेबीएलको पहिलो संस्करणमा शीर्ष चार स्थानमा रहेका क्रमशः साविक विजेता टाइम्स, उपविजेता गोल्डेनगेट, हाउन्ड्स र भएको कीर्तिपुरले दोश्रो संस्करणमा सहभागिता जनाउने छन् ।

एचजेबीएलको दोस्रो संस्करण आगामी मार्चमा आयोजना गर्ने तयारी रहेको नेपाल बास्केटबल संङका अध्यक्ष भिम सिंह गुरुङले जनाएका छन् ।
‘यसअघि बास्केटबल लिग ग¥र्यौ । यसपटक लिगका लागि छनोट नै गर्यौं । अब छनोट भएका चार टोली र यसअघि एचजेबीएलका शीर्ष ४ टोलीसहित ८ टोलीले लिग खेल्ने छन् ।’ अध्यक्ष गुरुङले भने– ‘दक्षिण एसियामै पहिलो पटक नेबाले लिगको क्वालिफायर आयोजना गरेका हो ।’

विजेतालाई अध्यक्ष गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।