९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा ‘आइस ब्रेक’, नयाँ ३ बीच आपसमै शंका



अ+ अ-

काठमाडाैँ: आज बालुवाटारमा ‘आइस ब्रेक’ भएको छ । गत भदौको जेनजी आन्दोलनपछि पहिलो पटक आज प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल तत्कालीन माओवादी केन्द्र र अहिले नेपाली कम्युनिष्ट पार्टीमा परिणत भैसकेको दलका अध्यक्षहरुसँग प्रधानमन्त्री कार्कीले भेट र छलफल गरेकी हुन् ।

प्रधानमन्त्रीले प्रमुख तीन राजनीतिक दलका नेताहरुलाई गरेको भेटलाई ‘आइस ब्रेक’ नै भन्नुपर्ने त होइन, तर प्रधानमन्त्री स्वयंले पुराना पार्टीका नेताहरुको मुहार हेर्न पनि मन छ्रैन भन्दै आएकोमा आज उनले आफैँले नेताहरुलाई बोलाएर गरेको छलफललाई सबैले ‘आइस ब्रेक’ नै भनेका छन् ।

जेनजी आन्दोलनपछि सरकारमा आएकी प्रधानमन्त्री कार्कीले उनीहरुलाई भेट्न रुचाएकी पनि थिइनन् । सायद राष्ट्रपति रामचन्द्र पौडेलले नै दबाब दिएर होला केही दिनमात्र अघि राष्ट्रपति पौडेलले तीन पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको बैठक आह्वान गरेका थिए । त्यो पनि एउटा ‘आइस ब्रेक’ नै थियो ।

तर पनि मुलुकको कार्यकारी प्रमुखले नै परम्परागत शक्तिलाई यसरी बाइपास गरेपछि कसरी निर्वाचन होला त भन्ने व्यापक आशंका र क्रिया प्रतिक्रियाहरुपछि आज बालुवाटारमा यो संयोग जुरेको हुनसक्छ ।

यदि निर्वाचन नै गर्ने हो भने त जेनजीले विरोध गरुन् या जे गरुन् पुराना तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको सहमति र सहयोग बिना चुनाव असम्भव नै छ । यो तथ्य आवश्यकतालाई जेनजी सरकारकी प्रधानमन्त्री कार्कीले नै स्वयं मनन् गरेको हुनुपर्दछ । यसैकारण तीन दलका नेतालाई बैठकमा बोलाएको हुनुपर्दछ ।

आजको बैठकमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । बालुवाटारमा आज लामै भेटवार्ता चलेको थियो ।

छलफलपछि जानकारी दिँदै सरकारका प्रवक्ता जगदिश खरेलले बैठक सौहार्द सम्पन्न भएको र चिर्वाचन सम्पन्न गर्ने काममा सहयोग गर्न प्रधानमन्त्रीले उहाँहरुलाई भन्नुभएको र उहाँहहरु पनि यसमा सहमत भएको बताए ।

चुनावमा जान तयार भएको कुरा त कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बाहिर निस्केर पत्रकारहरुलाई बताएका थिए । उनले चुनावमा जान सबै तयार रहेको, कांग्रेस एमाले सबै तयार रहेको तर वातावरण बन्न नसकेको बताएका थिए ।

सभापति देउवाले भनेजस्तै पछिल्लो समय एमाले पनि चुनावका लागि अलिक लचिलो भएको देखिएको छ । एमाले अध्यक्ष ओलीले पनि पछिल्लो समय दिएका अभिव्यक्तिमा एमाले चुनावबाट नभाग्ने बताएका छन् । प्रचण्ड त पहिलेदेखि नै चुनावका लागि तयार नै थिए ।

यो माहौल, नेताको प्रतिक्रिया र आज भएको ‘आइस ब्रेक’ ले देश अब विस्तारै चुनावतिर धकेलिएको देखिएको छ । केही दिन अघि सम्म संसदको पुनस्र्थापनाका विषयमा भएको बहस आजदेखि अब चुनावतर्फ केन्द्रित हुन पुगेको जस्तो देखिएको छ ।

तर यता दुई दिनदेखि निरन्तर संवादमा रहेका नयाँ शक्तिका नेताहरुको म्याराथन बैठकले पनि देशको राजनीतिलाई थप रोचक बनाएको छ । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको वार्ताबाट सुरु भएको चर्चाले अर्का शक्ति भनिएका कुलमान घिसिङ मिसिँदा चर्चा झनै बढाएको छ ।

उनीहरुबीच बिहीबार र शुक्रबार निरन्तर वार्ता भयो । उनीहरूले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङलाई समेत समेटेर अघि बढ्नेबारे पनि पटक पटक छलफल गरे ।

आज पनि वार्तालाई निष्कर्षमा पु¥याउने भनिएकोमा अहिले साँझसम्म कुनै प्रगतिको समाचार बाहिरिएको छैन । बालेन–रवि छलफल शनिबार भने टेलिफोनमा मात्रै सीमित बनेको समाचार स्रोत बताउँछ ।
समाचार स्रोतले भन्यो ‘हिजो त तीन जनाकै बीचमा कुराकानी भएको हो । तर आज केही घण्टालाई वार्ता अवरुद्ध जस्तै बन्न पुग्यो । आज भेट कसैको भएन । बालेन, रवि र कुलमानका बीचमा आज भने टेलिफोन वार्ता मात्रै भयो ।’

यी तीन शक्तिका बीचमा शक्ति बाँडफाँडमा कुरा नमिलेको सो स्रोत बताउँछ । स्रोतका अनुसार रविसँग कुलमान र बालेनले आफ्ना लागि प्रतिनिधिसभाका लागि ५०÷५० सिट मागेका छन् । तर रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने बताए ।

त्यसमा छलफल गरेर संख्या तलमाथि गर्न सकिने बताइए पनि यी दुई पार्टीलाई १०० सिट दिन रवि तयार छैनन् । यसकारण पनि वार्ता मिल्ने सम्भावना छैन, स्रोतले भन्यो ।

स्रोतले भन्यो ‘अहिले बाहिर आएका समाचारहरु मिडिया ट्रायल पनि हो । आफाआफैँ समाचार दिइरहेका छन् तिनै पक्षका मान्छेहरुले । तर वास्ताविकता के हो भने एकले अर्कालाई विश्वास गर्न सकेको अवस्था देखिँदैन । एकले अर्कालाई प्रयोग, उपयोग गर्न खोजेको शंका गरिरहेका छन् । यसकारण शक्तिको बाँडफाँडमा उनीहरुका बीचमा कुरा मिल्ने जस्तो देखिँदैन ।’