१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु
अ अ+ अ-

कलैया । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

उहाँले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको जानकारी दिनुभयो ।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ । यसअघि डोरा पुलमा दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।