१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

मेलम्ची खानेपानी आयोजनाका उपकरणहरु अपलपत्र

मेलम्ची खानेपानी आयोजनाका उपकरणहरु अपलपत्र
अ अ+ अ-

कठमाडौं । सुन्दरी जलमा रहेको मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका छन् । महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुग्दा समेत आयोजनाले त्यसको संरक्षणमा कुनै चासो देखाएको छैन् । इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका करोडौं मूल्यका उपकरणहरु लामो समय ठेक्का नलाग्दा र नयाँ कम्पनीले प्रयोग नगर्दा ती उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका हुन् । जसका कारण राज्यलाई कारोडौं रुपैयाँ नोक्सानी भएको छ ।

यो दृश्य राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौंको सुन्दरीजलमा अलपत्र परेका उपकरणहरुको हो । कारोडौं रुपैयाँ मूल्य पर्ने यी उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भएपनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएका कारण यी उपकरणहरु अलपत्र परेका हुन् । तर यसको संरक्षण र प्रयोगमा आयोजनाले कुनै चासो देखाएको छैन् ।

निकै विवाद रहँदै निर्माण कार्य अगाडि बढिरहेको मेलम्चि खानेपानी आयोजनामा यसअघी काम गरेको इटालियन कम्पनीले प्रयोग गरेका उपकरणहरु हुन यी । तर लामो समय ठेक्का लगाउन नसक्नु र नयाँ कम्पनी सिनो हाइड्रेले यी उपकरणहरुको प्रयोग नगर्दा राज्यलाई कारोडौ रुपैयाँ नोक्सानी भएको छ । तरपनि सरकारले यस बारेमा कुनै चासो दिएको छैन् । पछिल्लो समय राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले चासो देखाएको छ । समितिले त्यस क्षेत्रमा पुगेर अनुगमन गरी ती उपकरणहरु कसको हो र किन अपलपत्र परेका हुन भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ । समितिका सभापति तारादेवी भट्टले अलपत्र परेका यी उपकरणहरु राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभयो । उहाँले मेलम्चीमा ठुलो घाटा भइरहदा उपकरणहरु नष्ट हुनु र प्रयोगमा नआउनुले अझबढी नोक्सान हुनेभएकाले र किन यस्तो भइरहेको छ समितिले अनुसन्धान गर्न लागेको बताउनुभयो ।

सरकारले आगामी असार सम्म मेलम्चीको खानेपानी काठमाडौंसम्म ल्याइपु¥याउने बताएको छ । गत साता खानेपानी मन्त्रालयले स्वेतपत्र जारी गर्दै असार मसान्त भित्र खानेपानी ल्याइपु¥याउने घोषणा गरेको थियो । तर आयोजनाका यस्ता महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई अलपत्र अवस्थामा रहनुले अझ बढी नोक्सानी हुने निश्चित जस्तै छ । समिति सभापति भट्टले आगामी असार सम्म पानी ल्याउने लक्ष्य सरकारको रहेको तर यस्ता उपकरणको प्रयोगमा ध्यान नदिई लागत बढाउने काम भइरहेको भन्दै समितिले अनुसन्धान गरी सरकारलाई निर्देशन दिने बताउनुभयो । उहाँले अलपत्र परेका उपकरणहरु जसको भएपनि संरक्षण गर्नुपर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि मात्र काठमाडौंमा वितरण गरिने छ । आयोजनाले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले पुनः चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याई नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ । जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित छ । करोडौं मूल्य पर्ने यी उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुगेपछि राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गत आइतबार अनुगमन गरेको थियो ।