१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

एकपाना नक्साका लागि खर्च नगरेकाले भारतले नेपालको भूमि मिच्यो

एकपाना नक्साका लागि खर्च नगरेकाले भारतले नेपालको भूमि मिच्यो
अ अ+ अ-

काठमाडौं । संविधानमा नेपालको नक्सा जारी गर्न नसक्दा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा जारी गरेको विज्ञहरुले बताएका छन् ।

पूर्व सांसद मंच नेपालले आयोजना गरेको ‘नेपाल भारत सिमा समस्या र समाधान’ विषयमा सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको संविधानमा नयाँ नक्सा जारी नहुनु नै भारतलाई नेपालको भूमि मिचेर नक्सा जारी गर्न बल पुगेको बताएका हून् । सिमा विद् बुद्धिनारायण श्रेष्ठले नेपालको नयाँ संविधानको एक पानामा नक्सा राख्न नसक्नुले भारतले नेपालको भूमि मिचेर नयाा नक्सा निकालेको बताउनुभयो । उहाँले भन्नुभयो ‘भारतलाई किन त्यसरी बल पुग्यो भनेदेखि नेपालको नयाँ संविधानमा एउटा नक्सा छ त्यहाँ कर्ही कुनै पानामा ? एकपाना नक्साका लागि खर्च गर्न नसक्नुको कारणले नै भारतलाई बल पुगेर नयाँ नक्सा निकाल्यो ।’ उहाँले नेपालको नयाँ संविधानमा ७५ जिल्लाबाट ७७ जिल्ला र ५ विकास क्षेत्रबाट ७ प्रदेशमा परिवर्तन भएको नक्सा प्रकाशित गर्न नसक्नुले भारतलाई बल पुगेको बताउनुभयो । उहाँले नेपालको संविधानको अनुसुची ३ मा रहेको नेपालको निशाना छाप भित्र रहेको नेपालको नक्सा भारतले २ नोभेम्बरमा प्रकाशित गरेको नक्सा संग मिल्ने भएकोले पनि भारतले सोही प्रकारको नक्सा जारी गर्ने हिम्मत गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधानको अनुसुचि ३ मा हाम्रो निशाना छाप जहाँ वर्तमान माननिय ज्यू हरुले त्यहि लोगो लगाएर हिँडिराख्नु भएको छ वहाँहरुले लगाएको जुन पिन छ नेपाल सरकरको समस्त कार्यालयरुमा भएको लेटरप्याडमा लगाएको छाप छ त्यो निशाना छाफ भित्र नेपालको नक्सा सेतो ब्याकग्राउण्डमा राखिएको छ त्यो सेतो ब्याकग्राउण्डको नक्सा भनेको भारतले २ नोभेम्बरमा निकालेको नक्सासँग ठ्याक्कै त्यो सँग मिलेको छ भनेपछि त नेपाल आफैले बुझायो नी त ।’ उहाँले ब्रिटिश सरकारले भारत छोडेर जाने बेलामा सन १९४७ मा प्रकाशित गरेको ‘एट एण्ड ब्रिटिश पिरियड १९४७’ नामको नक्सामा नेपालको लिम्पियाधुराबाट बग्ने काली नदिलाई सिमाना बनाएर नक्सा प्रकाशित भएको बताउनुभयो । त्यस यता भारतले निकालेका नक्सामा नेपालको भूभाग मिचिएको उहाँले बताउनुभयो ।

त्यस्तै वरिष्ठ पत्रकार भैरव रिसालले तत्कालिन साशकहरुले चुप लागेर बसेका कारण भारतले लामो समयदेखि कालापानी क्षेत्रमा सैनिक ब्यारेक राखेको बताउनुभयो । सोही बलमा अहिले नेपालको भूमि मिचेर नक्सा जारी गरेको र नेपालमा त्यसको बहस मात्र भइराखेको उहाँले बताउनुभयो । उहाँले ब्यास गर्खाको ३ वटा गाउँमा आफ्नो नेतृतवमा जनगणना भएको उल्लेख गर्दै त्यसबेला हिन्दुस्तानको चरोमुसो पनि देख्न नपाएको बताउनुभयो । उहाँँले भन्नुभयो ‘ब्यास गर्खाको मैले भनेका ३ वटा गाउँमा मेरो नेतृत्वमा जनगणना भएको हो, निर्विध्नतासाथ भएको हो त्यो बेला विन्दुस्तानको मतलबै थिएन, हिन्दुस्तानको चरोमुसो बाँदर केही पनि दिएन । अब के भयो भने पछि राजा महेन्द्रले दिएरे भन्ने पनि सुनियो कर्ही लिखत छैन रेकर्ड छैन त्यो अनि ऋषिकेश शाहले कुरा गरेरे, गर्दाखेरी अहिले निचमारा भनेरे महेन्द्रले । ऋषिकेश नी मरे महेन्द्र नी मरे अहिले निचमरा भन्या अगाडि नबढाउ भनेरे अनि कृतिनिधि विष्टले त्यो १८ वटा भारितय सैनिक चेकपोष्ट हटाउनुभयो यो कालापानीको किन नहटाएको भन्दा मलाई थाहा भएन भन्नुभयो अनि बुद्धिनारायण जी नि हुनुहुन्थ्यो म नि थिएं अनि भन्यौं तपाईलाई थाहा छ कि तपाईले ढाँटनुभयो थाहा छैन भनेर यदी हाम्रो मुलुकमा भारतीय सैनिक चेकपोस्ट बस्या थाहा छैन भने तपाई प्रधानमन्त्री हुन योग्य हुनुहुन्न, प्रधानमन्त्री हुने मान्छेलाई त्यती त थाहा हुनुपर्छ भन्या हाँस्नुभयो खिसिक्क ।’

परराष्ट्रविद डा. भेषबहादुर थापाले सबैभन्दा घातक विषय भारतीय परराष्ट्र मन्त्रालयका एकजना प्रवक्ताले भारतले जारी गरेको नक्सा भारतको सार्वभौम विषय भएको बताउनु रहेको बताउनुभयो । उहाँले नक्सा जारी गर्नु भन्दा पनि त्यो विषय सबैभन्दा बढी घातक रहेको बताउनुभयो । नेपालको भूमिलाई भारतको स्वतन्त्रता भित्र परेको भारतको सार्वभौम विषय भएको वक्तव्य दिनु सबैभन्दा घातक भएको र भारतको यस्तो वक्तव्यको कारण जटिलता झनै देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैभन्दा घाटक अहिले मैले देखेको के हो भने यो विषयमा छलफल भइरहेको बेलामा बादविवाद भइरहेको बेलामा भारतले आधिकारीक रुपमा नक्सा निकालेर र त्यो नक्सा भन्दा पनि भारतको पराराष्ट्र मन्त्रालयको प्रवक्ताले भन्नुभएको कुरा घातक छ वहाँले के भन्नुभयो भने यो इण्डियाको स्वाभरेन्टी भित्र परेको नक्सा हो भनेर भन्नुभयो त्यो सबैभन्दा पहिलोपटक आधकिारीक रुपमा एउटा नक्सा निकालेर नेपालको भूभाग पनि त्यसमा गाभेर यो हाम्रोचाहिं सार्वभौमिक जमिन हो भन्नेकुरा चाहिं अव थिचो मिचोको कुरा गर्ने हो भने वावदविवाद भएको विषयका बारेमा कुनैपनि जिम्मेवार सरकारले त्यस्तो गैह्र जिम्मेवार कुरा गर्ने होइन ।’

त्यस्तै २०३६ देखि २०३८ सम्म दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका पूर्व सचिव द्धारिकानाथ ढुङ्गेलले आफुले तत्कालिन समयमा जिल्ला प्रमुख हुँदा नै अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाएको बताउनुभयो । तर २०३० सालदेखि नै सिंहदरबारलाई यो विषयमा जानकारी भएको तर सरकारले केही कदम नचालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘२०३०साल देखि कमसेकम सिंहदरबारलाई थाहा त छ त्यो बेला सिंहदरबार के हेरेर बसेको थियो प्रश्न त्यहाँ नेर आउँछ नी ।’

कार्यक्रममा विज्ञहरुले नेपाल सरकारले समयमा नै कुटनीतिक पहल गर्न नसकेका कारण अहिले भारतले एकतर्फि नक्सा सार्वजनिक गरेको बताउनुभएको थियो । भारत र चीन बीच २०१५ मा नेपालको लिपुलेक क्षेत्रहुँदै व्यापारीक मार्ग खोल्ने सहमति हुँदा समेत यो विषय बहसको रुपमा उठेको तर विस्तारै पानीको छाल जस्तै हराउँदै गएको विज्ञहरुको तर्क थियो । अहिले फेरी विरोध आउन थालेपछि सरकारले सानो हस्ताक्षर नभएको विज्ञप्ति जारी गरेर बसेको बताए । सरकारले नयाँ नक्सा जारी गर्न नसक्नुले पनि कुटनीतिक पहल समेत हुन नसकेको स्पस्ट हुने उहाँहरुको भनाई थियो ।