काठमाडौं । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश गौतम ललिता निवास जग्गा प्रकरणका प्रतिवादी हुन् ।
बालुवाटारको सरकारी जग्गामा बाटो लगायतका पूर्वाधार बनाउने कार्यमा आफू निर्णयकर्ताको भूमिका नरहेकाले आफूविरुद्ध लगाइएको मुद्दा खारेजीका माग गर्दै जिल्ला न्यायाधीश गौतमले माघ २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गौतम कानून सेवाको उपसचिवको रुपमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए ।