१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पूर्वाधार करबाट ४१ अर्ब सकंलन

पूर्वाधार करबाट ४१ अर्ब सकंलन
अ अ+ अ-

बूढीगण्डकी जलविद्युत् आयोजना

काठमाडौं । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि हालसम्म ४१ अर्ब संकलन भएको छ । नेपालीकै लगानीमा बनाउन लागिएको सो आयोजनाका लागि सरकारले लगानी जुटाउन भन्दै लिँदै आएको पूर्वाधार कर ४१ अर्ब संकलन भएको हो । सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत बूढीगण्डकी निर्माणका लागि पेट्रोलियम पदार्थको आयातमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर उठाउने घोषणा गरेको थियो । आर्थिक वर्ष ०७३/०७४ देखि अहिलेसम्म ४१ अर्ब कर संकलन भएको नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । गत साउनदेखि माघ १५ गतेसम्म मात्र ६ अर्ब ५६ करोड संकलन भएको छ ।

नेपालमा आयात हुने पेट्रोलियम पदार्थमा पूर्वाधार कर शीर्षकमा लिइँदै आइएको यस्तो कर गत आर्थिक वर्षमा मात्र १३ अर्ब ५६ करोड संकलन भएको भएको थियो । १२ सय मेगावाट क्षमताको बहुप्रतिक्षित आयोजना निर्माणका लागि कर उठाइएपनि आयोजनाको निर्माणको मोडालिटी तथा वित्तीय व्यवस्थाको टुंगो नलाग्दा निर्माण कार्य अघि बढ्न सकेको छैन । यद्यपि करबाट उठेको रकमबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिएको छ । प्रभावितलाई हालसम्म ४६ हजार ५ रोपनी जग्गा बराबरको २७ अर्ब ५० करोड ३८ लाख मुआब्जा वितरण गरिएको र बाँकी जग्गाको पनि मुआब्जा निर्धारण गर्न लागिएको आयोजनाले जनाएको छ ।

आर्थिक वर्ष ०६९÷०७० मा सुरु गरेर आगामी आर्थिक वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि अझै अन्योल छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि १३ अर्ब ५७ करोड ५६ लाख बजेट विनियोजन गरिएपनि पुस मसान्तसम्म जम्मा १ अर्ब २ करोड २३ लाख रुपैयाँ मुआब्जाबापत खर्च भएको छ । लामो समय बितिसक्दा पनि १२ सय मेगावाट क्षमताको सो आयोजना कुन मोडालिटिमा बनाउने भन्ने बारेमा अझै अन्यौल नै छ । जसका कारण सो आयोजना कहिलेबाट सुरु हुने र कहिले सक्ने केही पनि टुंगो लागेको छैन । सुरुमा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय भएपनि पछि उसले हात झिकेको थियो । त्यसपछि कसले बनाउने भनेर टुंगो लाग्न सकेको छैन ।

ऊर्जामन्त्री वर्षमान पुनले पनि अहिलेसम्म बूढीगण्डकीको ठेक्का कसैलाई नदिएको बताएका छन् । मुआब्जा विवाद समाधान भएको उल्लेख गर्दै मन्त्री पुनले मुआब्जाको सम्पूर्ण काम सम्पन्न भएपछि अरू काम अगाडि बढ्ने संसद्लाई जानकारी गराएका छन् । ‘बिनाप्रतिस्पर्धा कसैलाई दिइएको छैन । मुआब्जा बाँडिसकेर परियोजना अघि बढ्नेछ । अहिलेसम्म कसैलाई दिइएको छैन’, मन्त्री पुनले मंगलबार संसद्मा भने । उनले बूढीगण्डकी प्रभावित गोर्खाका ८० र धादिङका ६० प्रतिशत जनताले मुआब्जा पाएको बताएका छन् । प्रभावित क्षेत्रका स्थानीयका केही गुनासाहरू आएको बताउँदै पुनले गुनासा सम्बोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको बताएका छन् ।

सुरुमा ६ सय मेगावाट बनाउने भनिए पनि अहिले १२ सय मेगावाट बनाउने गरी क्षमता वृद्धि गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजना बनाउन २ खर्ब ५० अर्ब रुपैयाँ लाग्नेछ । मुआब्जा र पुनस्थापनामा मात्र ६० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् । भौतिकरूपमा भने आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् भने आर्थिकरूपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या विस्थावित हुनेछन् ।

आयोजनबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमिन र गोरखाको ३१ हजार ९ सय रोपनी जमिन डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्ने छ । तर, सरकारले मुआब्जा वितरण गर्नुपर्ने निजी जमिन भने ६७ हजार १ सय ७ रोपनी रहेको छ ।गोरखाका घ्यालचोक, दरबुङ, भुल्मीचोक, फुजेल, नामजुङ, बुङकोट, बोरलाङ, धावा, तान्द्राङ, आरुचनौटे, आरु आर्बाङ, थुमी र धादिङका सलाङ, मैदी, खरी, चैनपुर, ज्यामरुङ, मारपाक, त्रिपुरा, अग्निचोक, सल्यानटार, मुलपानी, बूढाथुम र बसेरी गरी १३ गाविसको जमिन प्रभावित हुनेछ । सौर्य दैनिकबाट