१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फुटबल: एट्लेटिको मड्रिडसंग लिभरपुल पराजित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको मड्रिडसंग लिभरपुल पराजित भएको छ । मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई घरेलु टोली एट्लेटिकोले १–० गोल अन्तरले हराएको हो । खेलको चौथो मिनेटमा साउल निगुएजले गरेको गोल एट्लेटिकोलाई पहिलो लेगको खेलमा अग्रता दिन पर्याप्त रह्यो ।दोस्रो लेगको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

लिभरपुलले खेलमा दुई राम्रा गोलको अवसर प्राप्त गरेको थियो । तर मोहमद सलाहा र जोडन हेन्डरसन गोलमा चुकेका थिए । मुख्य प्रशिक्षक योर्गेन क्लोपले साडियो माने र सलाहाको स्थानमा डिभोक ओरिजी र एलेक्स ओक्सलेड चेम्बरलेनलाई मैदान उतारेपनि खेलमा प्रभाव देखिएन । एट्लेटिको पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ ।

खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको छ । दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ ।