१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

राससको विनियमावली चाँडै नल्याए आन्दोलन गर्छौं – कर्मचारी प्रतिनिधि

राससको विनियमावली चाँडै नल्याए आन्दोलन गर्छौं – कर्मचारी प्रतिनिधि
अ अ+ अ-


काठमाडौंः राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवको अवसरमा रासस परिसरमा बुधबार आयोजित समारोहमा कर्मचारी विनियमावली सूचना तथा संचार प्रविधि मन्त्रालयमा २ वर्षदेखि थन्किएको विषयमा चर्को विरोध भएको छ । राससको व्यवस्थापनले मन्त्रालय र मन्त्रीसँग सुमधुर सम्बन्ध विकास नगरेका कारण समस्या अझ जटिल बनेको समितिमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले गुनासो गरेका थिए ।

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई प्रमुख अतिथि बनाएको समितिको व्यवस्थापन मन्त्री बास्कोटा एकाएक गोरखापत्रको कोहलपुर प्रकाशन गृहको उदघाटन गर्न नेपालगंजतर्फ लागेपछि हिस्रिक्क भएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई आमन्त्रण गर्नु परेपछि व्यवस्थापनसँग मन्त्री बेखुश रहेको छताछुल्ला भएको थियो ।

पहिलेदेखि नै मन्त्रीसँग सुमधुर सम्बन्ध विकास गर्न नसकेको गुनासो गर्दै कर्मचारी प्रतिनिधिहरुले अध्यक्ष अधिकारीलाई पदबाट हट्न वा विनियम ल्याउन धम्की नै दिएका थिए । तर अध्यक्ष अधिकारीले आफूसँग मन्त्रीको अत्यन्त निकट सम्बन्ध रहेको र विनियमका बारेमा मन्त्रालयमा पटकपटक कुरा राखेको प्रष्टीकरण दिनु भएको थियो ।

विशिष्ट अतिथिका रुपमा निम्त्याइएका सञ्चार सचिव दीपक सुवेदीले पनि संचार मन्त्रालयमा सरुवा भएर आएको अढाई महिना पुगेपनि राससको व्यवस्थापन आफूलाई भेट्न नआएको र विनियमका बारेमा पनि आफूलाई जानकारी नै नभएको बताउनुभएको थियो ।

समितिका अध्यक्ष अधिकारीले राससका धेरैवटा योजना भित्रभित्रै तयार भइरहेका र त्यसलाई सार्वजनिक छलफलमा ल्याउँदा समस्या हुने भएकोले टनेलमै राख्नु परेको र त्यसलाई उपयुक्त समयमा कार्यान्वयनमा ल्याउने बताउनुभयो । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समाचारको बैंक तथा मुहानका रूपमा स्थापित राससको सेवालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले सङ्घीय संरचनानुरुप राससको सेवा विस्तार गर्दै सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछाने र एकीकृत राष्ट्रिय कर्मचारी सङ्गठनका संयोजक प्रेमप्रसाद उपाध्यायले कर्मचारीको दरबन्दीको संख्याका बारेमा विभिन्न मंचमा फरक फरक तथ्याँक दिने गरिएकाले त्यो पारदर्शी हुनुपर्ने, कर्मचारीको वृत्तिविकाससँग जोडिएको रासस विनियमावली २ वर्षदेखि मन्त्रालयमा अड्किएको र त्यसलाई जतिसक्दो चाँडो ल्याएर वृत्ति विकासका कार्यहरु अगाडि नबढाए व्यवस्थापन विरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो ।

निजी क्षेत्रका दुई संस्था नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राससको स्थापना भएको थियो ।

दिलीप अधिकारी र प्रभाष झा सम्मानित

नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकारिता पुरस्कार यस वर्ष कार्यकारी सम्पादक दिलीप अधिकारी र जनकपुरमा कार्यरत वरिष्ठ सम्पादक प्रभाषचन्द्र झालाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको रकम जनही रु. १० हजार र प्रमाणपत्र रहेको छ ।