६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

नेकपाकै सांसदको आपत्ति
भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य हुन्न

नेकपाकै सांसदको आपत्तिभ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य हुन्न
अ+ अ-

काठमाडौं । सार्वजनिक पदबाट अवकाश पाएको ५ वर्षभित्र मात्र भ्रष्टाचार मुद्दा चल्ने सरकारको प्रस्तावप्रति सत्तासीन नेकपाकै सांसदले आपत्ति जनाएका छन्। सरकारले ५ वर्षे हदम्यादको प्रस्तावसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा संशोधन विधेयक संसद्मा पेस गरेको छ। हदम्यादप्रति राष्ट्रियसभामा सत्तासीन नेकपाकै ९ जना सांसदले संशोधन प्रस्ताव गरेका छन्। नेकपाका शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौडेल, मीना बुढा, युटोल तामाङ, हरिचण शिवाकोटी, सिंहबहादुर विश्वकर्मा, नन्दा चपाई र रामलखिन हरिजनले ५ वर्षे हदम्याद हटाउन संशोधन दर्ता गरेका छन्। विधेयक राष्ट्रियसभाको विधायन समितिमा छ।

‘पदमा बस्दा भ्रष्टाचार गर्ने, पाँच वर्षपछि मुद्दा नलाग्ने कुरा उचित छैन भनेर हामीले सामूहिक संशोधन दर्ता गरेका हौं’, नेकपा सांसद कुँवरले भने, ‘सार्वजनिक पदबाट अवकाशलगत्तै अर्को राजनीतिक नियुक्ति खाने र पाँचवर्षे हदम्याद कटाएर भ्रष्टाचारबाट उन्मुक्ति लिने अवस्था आउनु हुँदैन।’ नीतिगत भ्रष्टाचार तत्कालै नखुल्ने र कयौं विषय दसौं वर्षपछि खुल्ने हुँदा हदम्याद प्रस्ताव स्वीकार गर्न नसकिने कुँवरको तर्क छ। सरकारले अख्तियार ऐनको दफा २९ मा भ्रष्टाचार गरेको थाहा पाएको वा अवकाश भएको ५ वर्षभित्र मात्र भ्रष्टाचार मुद्दा चलाउने अवधिको प्रस्ताव गरेको छ।

दफा २९ मा भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ।’ यस्तै सोही दफाको उपदफा (२) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र त्यस्तो विषयमा यो ऐनबमोजिम तत्काल कारवाही हुन सक्ने रहेनछ भने निज जुनसुकै व्यहोराबाट अवकाश प्राप्त गरे पनि अवकाश भएको मितिले ५ वर्षभित्र निज उपर यस ऐनबमोजिम कारवाही गर्न वा मुद्दा चलाउन वाधा पर्ने छैन’, भन्ने प्रस्ताव छ। मुद्दा चलाउने अवधि स्पष्ट गरी अनुसन्धान प्रभावकारी बनाउन यस्तो प्रस्ताव गरिएको सरकारी भनाइ छ।

अहिलेको ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि अवकाशपछि जुनसुकै बेला पनि भ्रष्टाचार मुद्दा चल्ने व्यवस्था छ। ‘पाँचवर्षे हदम्यादले कसैले उन्मुक्ति पाउने र दुरुपयोग हुने अवस्था नआओस् भन्ने हाम्रो भनाइ हो’, नेकपा सांसद कुँवरले भने। यस्तै सार्वजनिक खरिद गर्नुअघि सम्बन्धित निकायको अनुमति लिने, जग्गा प्राप्त गर्ने, पूर्वतयारी प्राविधिक परीक्षण गर्ने, वातावरणीय अध्ययन गर्ने, पूर्वाधार स्थानान्तरण गर्ने जस्ता आधारभूत कार्य नगरी तथा बजेटको सुनिश्चितता नभई सार्वजनिक खरिद कार्यसम्बन्धी ठेक्का सम्झौता गरेमा कारवाही गर्ने नयाँ व्यवस्था प्रस्तावित विधेयकमा छ।

भ्रष्टाचार अनुसन्धानमा आयोगलाई प्रविधिमैत्री बनाउन भन्दै विद्युतीय वा डिजिटल अभिलेख संकलन गर्ने र प्रयोगशाला वा फरेन्सिक एकाइ स्थापना गर्ने अधिकार संशोधन विधेयकमा छ। कांग्रेसका राधेश्याम अधिकारी, बद्री पाण्डेले सार्वजनिक पदमा बस्दा ‘अनुचित’ कार्यबारे स्पष्ट व्याख्या गर्नुपर्ने संशोधन दर्ता गरेका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट