१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राष्ट्रिय योजना आयोग: चालु आवमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल नहुने

राष्ट्रिय योजना आयोग: चालु आवमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल नहुने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोगले चालु आवमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल नहुने जनाएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हाराहारीमा हुने अनुमान गरेको थियो। संसद्को अर्थ समितिको बुधबारको बैठकमा आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले चालु आवमा आर्थिक वृद्धिदर उत्साहजनक नहुने बताए। आयोग केन्द्रीय तथ्यांक विभागको तालुक निकाय हो। उनले भने, ‘चालु वर्षमा ४.५ देखि ५ प्रतिशत हुन सक्छ।’

उपाध्यक्ष कँडेलले सरकारको खर्च र राजस्वको अवस्थामा गत वर्षको तुलनामा खासै सुधार नभएको, निजी लगानी उल्लेख्य नबढेको, व्यापारको आकार घटेको अवस्थामा लक्षित वृद्धिदर हासिल नहुने बताएका हुन्। केन्द्रीय तथ्यांक विभागले पहिलो त्रैमासिक तथ्यांकका आधारमा चालु वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। यद्यपि उक्त प्रक्षेपण सार्वजनिक गरिएन। ‘कमजोर पुँजीगत खर्च र राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुँदा बजेटमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने भएको हो,’ उपाध्यक्ष कँडेलले भने, ‘पुँजीगत खर्चकै कारण समस्या हुने भयो।’

उनले जुन उद्देश्यले अर्थतन्त्रमा नीतिगत परिवर्तन गरिएको थियो, त्यसअनुसार कार्यान्वयनमा जान र निजी क्षेत्रको आत्मविश्वास जित्न नसकिएको बताए। अर्थमन्त्री डा. खतिवडाले मध्यावधि समीक्षामा बजेटको आकार घटाउँदा पनि आर्थिक वृद्धिदर लक्ष्य आसपास हुने दोहोर्याउँदै आएका छन्। उनले बजेट वक्तव्यमा पनि ८.५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान गरेका थिए। केन्द्रीय तथ्यांक विभागले चालु आवको दोस्रो त्रैमासिक तथ्यांकका आधारमा आगामी महिना चालु आवको आर्थिक वृद्धिदर प्रक्षेपण गर्नेछ।

दोस्रो त्रैमासिक प्रक्षेपण भने सार्वजनिक गर्ने चलन छ। निराशाजनक अवस्था देखिएपछि पहिलो त्रैमासिक आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक नगरिए पनि विभागले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायतलाई यसबारे जानकारी गराइसकेको छ। सत्तारूढ नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले केन्द्रीय तथ्यांक विभागले पहिलो त्रैमासिक आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि तथ्यांक लुकाएको भन्दै उपाध्यक्ष कँडेलसँग जानकारी मागेका थिए। सोही क्रममा कँडेलले पहिलो त्रैमासिक प्रक्षेपणकै आधारमा उच्च आर्थिक वृद्धिदर नहुने देखिएको बताएका हुन्।

अर्थ मन्त्रालय आफैंले ल्याएको श्वेतपत्रमा उल्लेख गरेको कमजोरीमा समेत सुधार गर्न नसकेको पूर्वअर्थमन्त्री पाण्डेको आरोप थियो। उनले भने, ‘अर्थ मन्त्रालयले सुरुमा श्वेतपत्रमार्फत जुन कमजोरी औंल्याएका थिए, त्यसलाई सुधार गर्न आफैं असफल भएको छ।’ समितिका सदस्य पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुँजीगत खर्चको अवस्थालाई ‘छेपारोको कथा’ को संज्ञा दिए। उनले भने, ‘हरेक वर्ष पुँजीगत खर्च बढाउने विषयमा छलफल गर्यो। अन्तिममा छेपारोको घर बनाउने कथाजस्तै सेलाउँछ। त्यसैले समस्या पत्ता लगाएर समाधान गर्नुपर्छ।’

भट्टराईले योजना आयोगको भूमिका नीति निर्माणमा मात्रै सीमित भएको र योजना निर्माणमा पहलकदमी नदेखिएको बताए। उनले आगामी दिनमा योजना आयोगले सिफारिस गरेअनुसार आयोजनामा बजेट विन्यास हुने गरी अधिकार दिने र आयोजना प्रशासनमा सुधार गरी बजेट विश्वसनीय बनाउन सुझाव दिए। अन्नपुर्णपोष्ट दैनिकबाट