११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीलाइ तुरुन्त बर्खास्त गरी अनुसन्धान गर्न काँग्रेसको माग



अ+ अ-


काठमाडौं । सेक्युरिटी प्रेस खरिदका विषयमा अनियमिततामा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गर्न नेपाली काँग्रेसले माग गरेको छ । उनलाई तत्कालै बर्खास्त गरेर आवश्यक अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको हो ।


सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एकजना एजेन्टसँग संवाद गर्दै कमिसन मागेको अडियो आज बिहान सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीलाई बर्खास्त गरी र छानबिनको माग गरेको हो ।


नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’


सञ्चारमन्त्री स्वयंको यस्तो अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई आग्रह गरेका हुन् ।