२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने



अ+ अ-

काठमाडौं । आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०७६’ आयोजना हुने भएको छ ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फागुन १६ देखि २५ गते सम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकिय क्षेत्रमा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागिएको जनाएको हो । एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने विश्वास गरिएको बताउनुभयो । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनको अभियानलाई निरन्तरता दिंदै अन्तर्राष्ट्रिय समुदायसँग लोक सँस्कृतिको आदान प्रदान गरी नेपालमा साँस्कृतिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्य राखिएको जानकारी उहाँले दिनुभयो । उहाँले देशको संस्कृति, पुरातात्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई देशकै प्रचारप्रसार हुने विश्वास राखिएको बताउनुभयो ।

मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट लगायतका मुलुकका २५० भन्दा बढी साँस्कृतिक कलाकारहरुको सहभागिता रहने छ । मेलामा कलाकारहरुले आ–आफ्नो संस्कृति भल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन् ।