११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने



अ+ अ-

काठमाडौं । आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०७६’ आयोजना हुने भएको छ ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फागुन १६ देखि २५ गते सम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकिय क्षेत्रमा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागिएको जनाएको हो । एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने विश्वास गरिएको बताउनुभयो । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनको अभियानलाई निरन्तरता दिंदै अन्तर्राष्ट्रिय समुदायसँग लोक सँस्कृतिको आदान प्रदान गरी नेपालमा साँस्कृतिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्य राखिएको जानकारी उहाँले दिनुभयो । उहाँले देशको संस्कृति, पुरातात्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई देशकै प्रचारप्रसार हुने विश्वास राखिएको बताउनुभयो ।

मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट लगायतका मुलुकका २५० भन्दा बढी साँस्कृतिक कलाकारहरुको सहभागिता रहने छ । मेलामा कलाकारहरुले आ–आफ्नो संस्कृति भल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन् ।