१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

जनता आवास कार्यक्रमको भवन अलपत्र

जनता आवास कार्यक्रमको भवन अलपत्र
अ अ+ अ-

धनवीर महतो, गौशाला । प्रदेश नं २ सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्रालयद्वारा निर्माणाधीन अवस्थामा रहेको जनता अवास कार्यक्रमअन्तर्गतका पक्की भवन अधुरा अवस्थामा रहेपछि महोत्तरीको औरही नगरपालिकाका मुसहर विचल्लीमा परेका छन् ।

गत साउन महिनादेखि महोत्तरीको औरही नगरपालिका–२ का मुसहरलाई दुईकोठे पक्की भवन निर्माण गर्ने उद्देश्यका साथ शुरु भएको भवन निर्माणको कार्य महिनौँदेखि अलपत्र परेका कारण उनीहरु हाल घरको न घाटको अवस्थामा छन् ।

आफूसँग भएको फुसको घरमै जीवन सजाउने सपनालाई जनता आवास कार्यक्रमले चकनाचुर पारेको स्थानीयवासी ५२ वर्षीया जिवोदेवी सदाले बताउनुभयो । बालबच्चादेखि सपरिवार नै घर निर्माणका क्रममा लागे पनि निर्माण कार्य महिनौँ दिनदेखि अलपत्र पर्दा आफूहरु घरको न घाटको भएको जिवोदेवीको भनाइ छ । सदाले भन्नुभयो, “वर्षायाममा जसोतसो प्लास्टिक ओढेर दिन कटायौँ । कठ्याग्रिँदो चिसोको मौसममा गुन्द्री ओढेर खुला आकाशमुनि रात बितायौँ । हावाहुरीको समयमा त बिचल्ली हुने भो । पानी, चिसोको मौसममा जसरी पनि बाँचियो अब गर्मी मौसममा किराफट्याङ्ग्राले बस्तीमा साह्रै नै खतरा छ । यिनीहरूको सामना गर्न ज्यान जोखिममा पर्न सक्छ ।”

सर्वसाधारणले भवन निर्माण गर्दा नगरपालिकाले निश्चित मापदण्ड तोकिदिने तर प्रदेश सरकारको मन्त्रालयले निर्माण गर्ने घरको कुनै मापदण्ड नरहेको स्थानीयवासी ६२ वर्षीय प्रगास सदाको भनाइ छ । निर्माणाधीन घरमा एक वटा मात्र रड हालेर निर्माण गर्दै आएकाले भवनको आयु अधिक दिन नरहने प्रगासले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले एकतले पक्की घर बनाएर हामीमाथि ठूलै गुन लगाएको छ तर आधार मजबुत नहुँदा पछि तला थप्नुपर्दा धेरै नै समस्या आउनेछ । आफूहरुले ऋण लिएर अहिले घरमा रड थपी घरलाई मजबुत बनाउने प्रयासमा जुटे पनि जनता आवास कार्यक्रममा संलग्न हाकिमसाब मान्नुभएन ।”

सोही बस्तीका २९ वर्षीया दुखनी सदाले भन्नुभयो, “शौचालय नहुँदा बच्चाले जहाँतहीँ दिसापिसाब गरेपछि बस्ती नै दुर्गन्धित छ । शौचालय नहुँदा आफूहरुलाई पनि दिसापिसावका लागि अरुको खेतमा जानुपर्दा गाली बेइज्जती खानुपर्ने बाध्यता छ ।”

प्रदेश सरकारले ल्याएको जनता आवास कार्यक्रमको योजना प्रदेशको विकासका लागि सुनमा सुगन्ध थपिए पनि प्रक्रिया एवं गृहकार्यमा भने कञ्जुस्याइँ रहेको राजपाका केन्द्रीय सदस्य दरेश यादवले बताउनुभयो । “अहिले घर भत्काइएकाले उनीहरुलाई दैनिकी कामकाज गर्न समस्या भएको छ । प्रदेश सरकारले योजनामा भएको कमीकमजोरीलाई मनन गर्दै जनता आवास कार्यक्रमलाई समयमा नै सम्पन्न गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले जनता आवास कार्यक्रमअन्तर्गत मुसहरका लागि निर्माण शुरु भएको पक्की घर निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको बताउनुभयो । अनेकाँैपटक यस सम्बन्धमा ध्यानाकर्षण गराउन जाँदा कुनै किसिमको सुनवाइ हुन नसकेको प्रमुख यादवले बताउनुभयो । पक्की घरको आधार मजबुत नभएकाले कम रेक्टरको भूकम्पको झट्का आउँदा सो बस्तीमा ठूलै क्षति हुनसक्ने भएकाले अहिले नै सम्बन्धित निकायलाई यस सम्बन्धमा सोच्नका लागि प्रमुख यादवले आग्रह गर्नुभयो ।

बस्तीका २०० मुसहर समुदायका लागि प्रदेश नं २ का सरकारले जनता आवास कार्यक्रममार्फत जस्ताले छाएको एकतले पक्की भवन बनाउन लागेको छ । गत साउन महिनादेखि निर्माण कार्य शुरु गरे पनि हालसम्म बस्तीमा २५ प्रतिशतसम्म मात्र भवन निर्माण सम्पन्न भएको छ ।