१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

गृहसचिव न्यौपानेबाट प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन

गृहसचिव न्यौपानेबाट प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन
अ अ+ अ-

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बिहीबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभयो । सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका काम कारवाहीबारे जानकारी समेत लिनुभयो ।

उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर लगायतको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा गृहसचिव न्यौपानेले कमाण्ड सेन्टरबाट ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिनुभयो ।

निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनको क्रममा मुलुकमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यका साथै आतकंवाद एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण, अपराध न्यूनिकरण लगायतका गतिविधिहरुमा नेपाल प्रहरी प्राप्त म्यान्डेट अनुसार क्रियाशील रहेको चर्चा गर्दै समाजका विकृति निर्मूल गर्न थप उत्प्रेरित भएर जिम्मेवारी बहन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रहरी कर्मचारीहरुले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिबिम्ब प्रस्तुत गर्ने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भन्नुभयो, ‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिका जस्ता कुराहरु थप मर्यादित, सभ्य र सुसंस्कृत हुनुपर्छ ।’ संगठनको शिर झुकाउने प्रवृत्तिविरुद्ध सबै एकतावद्ध भई लाग्नुपर्नेमा जोड दिँदै उहाँले संगठनको नीति विपरित कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कानूनी दायरामा ल्याईने बताउनुभयो ।

नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी अनुरुप अपराध नियन्त्रणका साथै समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न निभाएको भूमिका एवं योगदानको उच्च मूल्याङ्कन गर्दै गृहसचिव न्यौपानेले संगठनको सुधारको लागि सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुले आ-आफ्नो क्षमता अनुसार जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । काममा थप प्रभावकारिता, उपलब्ध साधनस्रोत व्यवस्थापनमा चुस्तता कायम गर्दै चौकीदेखि उच्च तहसम्म समन्वयात्मक रुपमा कुशलतापूर्वक अगाडि बढ्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।

नेपाल प्रहरी संगठनलाई अझै सुसज्जित र क्षमतावान बनाउँदै प्रहरी कर्मचारीहरुको वृत्तिविकास एवं क्षमता अभिवृद्धि गर्ने काममा नेपाल सरकार तथा गृह मन्त्रालय सदैव क्रियाशील रहने उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सफल बनाउन नेपाल प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी संगठनलाई उत्कृष्ट संस्थाका रुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको कार्यशैली, निष्पक्षता र व्यवसायिकताले राज्यको शान्ति सुव्यवस्था र कानून कार्यान्वयनको अवस्था प्रतिबिम्बित गर्ने चर्चा गर्दै नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाह गर्ने संगठनको नीति रहेको उहाँले उल्लेख गर्नुभयो ।

महिला हिंसा र संवेदनशील वर्गविरुद्ध हुने जुनसुकै कसूरलाई कानुनी दायरामा ल्याउन शून्य सहनशिलताको नीतिलाई संगठनले अक्षरस कार्यान्वयन गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीको मनोबल र उत्प्रेरणाले संगठन विकासको लागि सामूहिक भावना सहित राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह गर्न सबै परिचालित हुने बताउनुभयो ।

उक्त अवसरमा गृहसचिव न्यौपाने समक्ष प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको संस्थागत परिचय र विकासक्रम, श्रोत साधनको व्यवस्थापन, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान, प्रहरी कार्यमा प्रविधिको प्रयोग, सूचना तथा संचार प्रविधिको विस्तार, नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट भई प्राप्त गरेका सम्मानका विषयहरु, नीतिगत व्यवस्थापन, प्रहरीको अन्तर्राष्ट्रिय समन्वय र सुरक्षा, अपराध अनुसन्धानमा प्राप्त उल्लेखनीय उपलब्धी, समुदाय-प्रहरी साझेदारीका उपलब्धी, सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतिहरु, भौतिक पुर्वाधार र साधनस्रोतको अवस्था लगायत नेपाल प्रहरीको भावी रणनीति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

गृहसचिव न्यौपाने प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा उहाँलाई प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक डा।आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो । तत्‍पश्चात गृहसचिव न्यौपानेले सलामी ग्रहण गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह, गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी बरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।