१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

कोटेश्वर प्रहरीको पहलमा मनोहरा तरकारी बजारमा प्रहरी बीट स्थापना

कोटेश्वर प्रहरीको पहलमा मनोहरा तरकारी बजारमा प्रहरी बीट स्थापना
अ अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत जडिबुटीस्थित तरकारी वजारमा अस्थायी प्रहरी बीट स्थापना गरिएको छ । ‘समुदाय—प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत प्रहरी प्रभाग कोटेश्वरकी इन्चार्ज प्रहरी निरीक्षक सुभद्रा वाइवा लामाको पहलमा स्थानीय व्यक्ति र सामाजिक संघ संस्थाको आर्थिक सहयोगमा सो प्रहरी बीट स्थापना गरिएको हो ।

तरकारी बजारमा हुनसक्ने कालोबजारी, मनोहरा खोलाको वारीपारी किनारमा हुनसक्ने वेश्यावृत्ति, लागुपदार्थ दुव्र्यसन, मदिराजन्य पदार्थको विक्रीवितरण लगायत विविध अपराधलाई न्यूनिकरण गर्ने उद्धेश्यले उक्त प्रहरी बीटको स्थापना गरिएको हो । सो बीटमा प्रहरी हवल्दारको कमाण्डमा प्रहरी ड्युटीमा खटिनेछन ।

प्रहरी बीटको लागि हाल मनोहरा कृषि बजार प्रालिको दोस्रो भवनको एउटा शटर कवल उपलव्ध गराईएको छ भने ड्युटीमा बस्ने प्रहरीका लागि खाना बनाउने व्यवस्था, कुर्सी र राती सुत्नको लागि खाटको समेत व्यवस्था गरिएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले सो प्रहरी बीटको उद्घाटन गर्दै बीटमा खटिने प्रहरीका कारण त्यस क्षेत्रमा हुनसक्ने संभावित अपराधका घटनामा कमी मात्रै नभई अपराध नियन्त्रणमा समेत कमी हुने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा महानगरीय प्रहरी प्रभाग कोटेश्वर र प्रभाग अन्तर्गतका प्रहरी बीटहरुमा कार्यत्ररत प्रहरीको रात्रीकालीन सुरक्षा ड्युटीको लागि कोटेश्वर व्यवसायी संघको तर्फबाट ५१ थान राती टल्किने हाफ ज्याकेट प्रदान गरियो । संघका अध्यक्ष सरोज थापाले ती ज्याकेट वृत्तका प्रमुख डिएसपि रेग्मी र प्रभागकी इन्चार्ज प्रहरी निरीक्षक सुभद्रा वाइवालाई हस्तान्तरण गरे ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख प्रहरी निरीक्षक वाइवाले अस्थायी प्रहरी बीटको स्थायीत्वको लागि स्थानीय जनताले आगामी दिनमा पहल गर्ने र प्रहरीले पनि स्थानीयको शान्ति सुरक्षाको लागि कुनै कसर नछोड्ने बताइन ।

कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापाले संघले कोटेश्वरका व्यवसायीहरुको हीतका साथै सामाजिक कार्यहरुमा पनि उत्तिकै सकृय रहँदै आएको बताए ।
त्यस अवसरमा सो अस्थायी प्रहरी बीट स्थापना गर्न आर्थिक तथा भौतिक सहयोग गर्ने दाता गोविन्द जिसी, कोटदेवी सहकारी संस्थाका अध्यक्ष सुमन जिसी, दिव्यशक्ति नेपालकी अध्यक्ष रोजिना जंगम, समाजसेवी शकुन्तला वन्जारा, मनोहरा सृजनशिल समाजका अध्यक्ष श्याम लामा, मनोहरा कृषि बजार प्रालिका सञ्चालक कानुन कोइराला, वरिष्ठ अधिवक्ता रमेश मैनाली र कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापालाई प्रहरी नायव उपरिक्षक रेग्मीले प्रशंसापत्र वितरण गरे ।