१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटे

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटे
अ अ+ अ-

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटेका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार गएको अंग्रेजी महिना जनवरीमा १३ हजार तीन सय तीनजना चिनियाँ पर्यटक नेपाल आएका थिए। फेब्रुअरीको आधा (१६ तारिख) सम्ममा नेपाल आउने पर्यटकको संस्था एक हजार तीन सय ४० मात्र छ। यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत मात्र हो। गत डिसेम्बरको अन्तिमतिर चीनमा कोरोनाभाइरस फेला परेको थियो। जनवरीको सुरुमा यसको प्रभाव बढी नदेखिए पनि त्यसपछि संक्रमण फैलिँदै गएको हो। त्यसयता चीन सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा गर्न जान सजिलै दिएको छैन।

चिनियाँ पर्यटक आगमनको पछिल्लो तथ्यांकले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्यलाई प्रभावित पार्ने देखिएको छ। निकै ठूलो प्रचारप्रसारसहित सुरु गरिएको भ्रमण वर्षमा सरकारले लिएको पाँच लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य अधुरै रहने पर्यटन व्यवसायीको आकलन छ। भाइरसका कारण केही व्यवसायीले नेपालको पर्यटन क्षेत्र प्रभावित हुने जनाएका छन् भने केहीले महामारीग्रस्त मुलकबाट आउने पर्यटकलाई नरोकेको भन्दै सरकारको आलोचना गरेका छन्। यो भाइरसका कारण चिनियाँ पर्यटकको आगमन घटने मात्र नभएर नेपाल चीनको छिमेकी मुलुक भएका कारण कोरोनाको त्रासले अन्य मुलुकका पर्यटक पनि घटने सम्भावना बढेको छ।

भाइरसबाट प्रभावित चीनको सरकारले रोग प्रभावित २२ प्रान्तका नागरिकलाई अहिले कै स्थितिमा विदेश भ्रमणमा रोक लागाएको छ। नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा त्यसको असर देखिने व्यवसायीको चिन्ता छ। अध्यागमन विभागले सन् २०२० को पहिलो महिनामा चीनबाट आउने पर्यटकको संख्या तीन प्रतिशत बढेको देखाए पनि मध्यजनवरीबाट महामारीको रुप लिएको भाइरसको असर फेब्रुअरीमा देखिने अनुमान गरिएको छ। उक्त तथ्यांक अनुसार गत वर्षको पहिलो महिना १२ हजार नौ सय १६ चिनियाँ पर्यटक नेपाल आएका थिए। यो वर्षको सोही अवधिमा १३ हजार तीन सय तीन पर्यटक नेपाल आएका छन्। गत वर्षभन्दा बढी चिनियाँ पर्यटक नेपाल आउनु सुखद भए पनि उनीहरुसँगै संक्रमण पनि भित्रिन सक्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका हुन्। अन्य देशबाट चीन हुँदै नेपाल आउने पर्यटकमा पनि त्यसको असर पर्ने उनीहरुको भनाइ छ।

मध्य जनवरीबाट काठमाडौं–चीन उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले पनि उडान तालिका स्थगित गरेपछि पर्यटन क्षेत्रमा कोरोनाको असरबारे अनुमान लगाउन थालिएको हो। गत असोजमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष सफल पार्न पाँच लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य सार्वजनिक गरेका थिए। चिनियाँ राष्ट्रिपतिले गरेको नेपाल भ्रमणको खबर संसारभरका सञ्चारमाध्यमले प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गरेकाले विश्वभरका दुई करोडभन्दा बढी नागरिकले नेपालबारे जानकारी लिएको अनुमान थियो।