काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोक्नुभएको छ ।
सेक्युरिटी प्रेस खरिद सम्बन्धी एक विवादास्पद अडियाे सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा खतिवडालाई कार्यभार ताेकेकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।
यस्तै बाँस्कोटाले नै सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी ताेकिएकाे छ ।