११ असार २०८३, बिहीबार
,
Latest
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिश्रले खुलाए बाँस्कोटासंगको पुर्ण संवाद…



अ+ अ-

को हुन अडियो रेकर्ड गर्ने विजय मिश्र ?

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् । नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने उनी स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् । उनले सुरूमा स्विट्जरल्यान्डको प्रेससँग ‘डिल’ भए पनि पछि मन्त्री कमिसनको लोभमा अन्यत्र लागेको बताएका छन् ।

मिश्रले खुलाएका विषयहरु:

मिश्रले आफ्नो काम यस्ताहरुलाई अदालतमा उभ्याउने मात्र रहेको बताएका छन् ।  । उनले भने ‘जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएका छन् । मेरो उद्देश्य उनीहरूको स्वार्थमाथि घन्टी बजाइदिने हो । यी विवादित कम्पनीलाई जिन्दगीभर नेपाल नआउने गरी बिदा गर्ने हो ।’ मिश्रले आफुसंग भिडियो पनि रहेको बताएका छन् तर भिडियोमा बाँस्कोटाको अनुहार प्रष्ट नदेखिएका कारण उनले अडियो मात्र पठाएको पनि बताएका छन् ।

यसबैबिच उक्त अडियो मिश्रले दुई माहनाअघि नै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत पुर्याएको भएपनि प्रधानमन्त्रीबाट कुनै चासो नदेखाईएको कुरा खुलाए । त्यतीमात्र हैन बाँस्कोटाले आफ्नो भागमा ५५/६० करोड मात्र आउने भएपछि २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ न त समेत भनेका कुरा मिश्रले बताए ।

‘बाँस्कोटाले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेका छन्’  मिश्रले भने । मिश्रले यो खेलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुई/तीन जना कर्मचारीहरुको हात रहेको पनि बताएका छन् । कान्तिपुर