२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ?



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौँ महानगरपालिका मेयर बालेन शाह बिच ५ घण्टा एक्ला एक्लै वार्ता भएको छ ।

रास्वपा नेता असीम शाहको कमलपोखरीस्थित निवासमा साँझ ६ बजेबाट वार्ता सुरु भएको थियो । वार्ताका लागि रवि लामिछाने सहित रास्वपा उपसभापति डीपि अर्याल र असीम शाह सहभागी हुनु भएको थियो थिए भने बालेन सहित उहाँका सल्लाहकार कुमार बेन सहभागी हुनु भएके थियो ।

स्रोतका अनुसार ६ घण्टासम्म चलेको वार्ताका क्रममा करिब ५ घण्टा रवि र बालेन ‘वान टु वान’ वार्ता गरेका थिए । त्यसअवधिभर अन्य नेताहरू छुट्टै बसेका थिए ।

स्रोतका अनुसार सुरुवातमा रवि र बालेन बिच व्यक्तिगत कुराकानी भएका थिए । त्यसपछि भने देशलाई राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचनमा मात्र नभई दिर्घकालिनरुपमा सँगै जाने विषयमा छलफल भएको बताइएको छ । वार्ता सकिएपछि रवि र बालेन एउटै गाडीमा निस्किएका थिए ।

बैठक सकिएपछि प्रतिक्रिया दिँदै रास्वपा नेता शाहले भने यो लामो प्रतीक्षापछिको भेट भएको जानकारी दिनुभयो । सबैको आशा र अपेक्षा अनुसार नै देश बनाउन मिलेर जानुपर्छ भन्ने भावले वार्ता भएको शाहले बताउनु भयो ।




भर्खरै