काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौँ महानगरपालिका मेयर बालेन शाह बिच ५ घण्टा एक्ला एक्लै वार्ता भएको छ ।
रास्वपा नेता असीम शाहको कमलपोखरीस्थित निवासमा साँझ ६ बजेबाट वार्ता सुरु भएको थियो । वार्ताका लागि रवि लामिछाने सहित रास्वपा उपसभापति डीपि अर्याल र असीम शाह सहभागी हुनु भएको थियो थिए भने बालेन सहित उहाँका सल्लाहकार कुमार बेन सहभागी हुनु भएके थियो ।
स्रोतका अनुसार ६ घण्टासम्म चलेको वार्ताका क्रममा करिब ५ घण्टा रवि र बालेन ‘वान टु वान’ वार्ता गरेका थिए । त्यसअवधिभर अन्य नेताहरू छुट्टै बसेका थिए ।
स्रोतका अनुसार सुरुवातमा रवि र बालेन बिच व्यक्तिगत कुराकानी भएका थिए । त्यसपछि भने देशलाई राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचनमा मात्र नभई दिर्घकालिनरुपमा सँगै जाने विषयमा छलफल भएको बताइएको छ । वार्ता सकिएपछि रवि र बालेन एउटै गाडीमा निस्किएका थिए ।
बैठक सकिएपछि प्रतिक्रिया दिँदै रास्वपा नेता शाहले भने यो लामो प्रतीक्षापछिको भेट भएको जानकारी दिनुभयो । सबैको आशा र अपेक्षा अनुसार नै देश बनाउन मिलेर जानुपर्छ भन्ने भावले वार्ता भएको शाहले बताउनु भयो ।










