२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

इबीएलाई दोहोरो उपाधि



अ+ अ-

काठमाडौं । आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । इबीए ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । धापासीस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा इबीएले एनईएलाई ३६–२७ ले पराजित गर्यो । इबीएका सुनिल मल्लले २२ अंक जोडे । सुरुका तीन क्वाटरमा अग्रता लिएको इबीएले क्रमशः ९–६, १५–२ र ८–६ को प्रदर्शन गर्यो । चौथोमा इबीए ४–१३ ले पछि पर्यो ।

गल्र्सको थ्री बाइ थ्री उपाधि भिडन्तमा इबीए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ ले हरायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोर गर्ने दुवै सुनिल र इशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एनईएका नारायण पौडेल तथा गल्र्समा इबीए ‘बी’ की अस्मिता विक प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए । नारायणले ९८ तथा अस्मिताले ४२ स्कोर गरे ।

ब्वाइजमा इबीएका नवीन खनाल तथा गल्र्समा इबीए ‘बी’ की दिब्य मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा मातृभुमि तथा गल्र्समा अमृत अनुशासित टिम ठहरिए । विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।