२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप: बक्सिङ छनोट पूरा



अ+ अ-

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ खेलाडी छनोट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । सातदोबाटोमा भएको प्रतियोगिताबाट पुरुषमा ६ र महिलामा ३ गरी ९ खेलाडी थाइल्यान्डको पटायामा अप्रिल १ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपका लागि छनोट भए । आ–आफ्नो स्पर्धामा पहिलो हुने खेलाडीले थाइल्यान्ड यात्रा पक्का गरेका हुन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता महर्जन नेपाल प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै पहिलो भइन् । महिला ५७ केजीमा आर्मीकी मिनु गुरुङले आर्मीकै चन्द्रकला थापाबाट वाक ओभर पाउदै छनोट भइन् । महिला ६० केजीमा नेपाल आर्मीकी पुनम रावल बुधबारै छनोट भइसकेकी छन् ।

पुरुष ५२ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले आर्मीका सुशिल थापा मगर, ५७ केजीमा आर्मीका पुरन सुनुवारले ललितपुरका बुद्ध ग्याम्जो लामा, ६३ केजीमा काठमाडौंका सनिल शाहीले झापाका अभिनय राई, ६९ केजीमा प्रहरी भुपेन्द्र थापाले दाङका विकास राणा र ८१ केजीमा आर्मीका गणेश प्रधानले दाङका केशर खत्रीलाई हराउदै पहिलो भए । प्रतिद्वन्द्वीविहीन आर्मीका रवि सुनुवार पुरुष ७५ केजीमा स्वतः छनोट भए ।