२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिओगो जोटाको ह्याट्रिकमा वुल्भ्सको जित



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा प्रिमियर लिग क्लब वुल्भ्सले फराकिलो जित निकालेको छ । बिहिबार राति भएको खेलमा स्पेनिस क्लब स्पानियोललाई वुल्भ्सले ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा वुल्भ्सलाई जित दिलाउन डिओगो जोटाले ह्याट्रिक गरेका थिए । रुबेन नेभेसको नाममा एक गोल रह्यो । जितसँगै वुल्भ्स युरोपा लिगको अन्तिम १६ नजिक पुगेको छ ।

अब दुई टोलीबीचको दोस्रो लेग स्पानियोलको मैदानमा हुनेछ । युरोपा लिगको अन्तिम ३२ अन्तर्गतकै पहिलो लेगमा स्पेनिस क्लब गेटाफेले आयाक्सलाई २–० ले हराएको छ ।