२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा



अ+ अ-

लहान । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो ।

बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरस्थित मगरटोलमा चार हजार लिटर कच्चा घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले एक हजार तयारी मदिरा नष्ट गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।