१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ: मुख्यमन्त्री पौडेल

धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ: मुख्यमन्त्री पौडेल
अ अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरुको संरक्षण गरिनुपर्ने बताएका छन् । महाशिवरात्रिको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महाशिवरात्रि पर्व जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण भएको बताए । “देवादिदेव महादेवसमेत भनिने हिन्दूहरुका आराध्यदेव शिवको उत्पत्ति भएको दिनको रूपमा मनाइने महाशिवरात्रि पर्वका अवसरमा वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

“विज्ञानका हिसाबले हाम्रा धर्म, संस्कृति र परम्पराहरुको अत्यन्तै महत्व रहेको कुरामा दुईमत छैन । भगवान् शिवलाई सदियौँदेखिको यहाँको धार्मिक, जातिगत तथा भौगोलिक विविधताबीच रहिआएको एकता, सामाजिक सद्भाव तथा सर्वधर्म समभावको बलियो आधारको रुपमा हामी लिन सक्छौँ । भौगोलिक हिसाबले हिमालमा जन्मेका शिवलाई मैदानी क्षेत्रका बासिन्दाहरुले अधिक मान्नु र तराईमा जन्मेका भगवान् वुद्धलाई हिमाली क्षेत्रका बासिन्दाले बढी मान्नु आफैँमा जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण हो भन्ने बुझ्न जरुरी छ”, सन्देशमा भनिएको छ ।

UML PP leader Dor Mani Paudel pose for a portrait after being appointed as Chief Minister of Province 4 in Hetauda, on Sunday. February 11, 2018. Photo: Prakash Dahal

पौडेलले सन्देशमार्फत समाजलाई सबै दृष्टिकोणबाट एकताको सूत्रमा बाँध्ने हाम्रा धर्म, संस्कृति, रितीरिवाजहरुको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व बन्न पुगेको बताएका छन् । यद्यपि चाडबाड मान्ने नाममा हुने विकृति र विसङ्गतिहरुलाई भने हामीले अन्त्य गर्नु जरुरी रहेको सन्देशमा उल्लेख छ ।

“गाँजा, भाङ, धतुरो, मदिरा तथा सुर्ती सेवन आफैँमा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ । यस्ता कुराहरुले स्वास्थ्यसँगै, अर्थ तथा सामाजिक प्रतिष्ठा पनि ध्वस्त बनाउँछ । त्यसैले आजको यो पवित्र दिनमा त्यस्ता स्वस्थ समाज प्रतिकूल हुने कुराहरुको सेवन नगर्ने सङ्कल्प पनि गरौँ”, मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ।